८ माघ/अर्थ र व्यापार – सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा.नवराज अधिकारीलाई दिएको छ । रमेश हमाल अध्यक्षबाट अवकाश भएपछि बोर्ड नेतृत्व विहिन थियो।
यसअघि बोर्डमा जिम्मेवारी कसैलाई नतोकिँदा दैनिक कामकाजमा असर परेको थियो।
अर्थ मन्त्रालयले आइतबार पत्र पठाउँदै अर्को व्यवस्था नभएसम्मका लागि दैनिक काम चलाउन बोर्ड कार्यकारी निर्देशक अधिकारीलाई जिम्मेवारी तोकिदिएको हो।
अधिकारीले दैनिक प्रशासन सम्बन्धी काम तथा बोर्ड बैठक बोलाउने कार्यलाई निरन्तरता दिने छन्। बोर्डको नीतिगत बाहेक नियमित प्रक्रियाका सम्पूर्ण काम सोमबारबाट निमित्त अध्यक्ष अधिकारीले सम्हाल्ने छन्।
तपाईको प्रतिक्रिया