logo

विदेश अध्ययन र भ्रमणमा १ खर्ब २३ अर्ब रुपैयाँ बाहिरियो

    877   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार – अध्ययन र भ्रमणका लागि पाँच महिनामा मुलुकबाट एक खर्ब २३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको वितेका पाँच महिना गत साउनदेखि मंसिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।
अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपियाँ बाहिरिएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपैयाँ बाहिरिएको छ ।
वैदेशिक रोजगारी तथा विदेश अध्ययनका लागि नेपालीले धमाधम मुलुक छोड्ने क्रम बढ्दा यसबापत बाहिरिने रकम पनि दैनिक बढ्न थालेको राष्ट्र बैंकले जनाएको छ ।
साउनदेखि मंसिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ ।

गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । यस वर्ष समीक्षा अवधिमा ४७ अर्ब ३४ करोड रुपैयाँ अध्ययनका लागि बाहिरिएको छ भने गत वर्ष सोही अवधिमा २८ अर्ब ८० करोड रुपैयाँ बाहिरिएकोे राष्ट्र बैंकले जनाएको छ ।
अध्ययन र भ्रमणका लागि नेपालबाट पछिल्लो पाँच महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो । यस अवधिमा नेपालले ६२ अर्ब रुपैयाँको मात्र निर्यात गरेको थियो ।

त्यस्तै विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी रहेको देखिन्छ । पाँच महिनामा नेपालले भ्रमण बापत ३३ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ जुन् भ्रमणबापत बाहिरिने रकमको तुलनामा करिब ४२ अर्ब रुपैयाँले कम हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।