logo

धान नपाएपछि चामल खरिद गर्दै खाद्य कम्पनी, ३ लाख क्विन्टलका लागि टेण्डर आह्वान

    948   पटक पढिएको

२० पुस/अर्थ र व्यापार – न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न नसकेपछि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिदको प्रक्रिया अघि बढाएको छ । सरकारले तोकेका मूल्यमा धान बिक्री गर्न किसान इच्छुक नभएपछि दुर्गम क्षेत्रमा खाद्यान्नको जोहो गर्न २ लाख ९१ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले चालु आर्थिक वर्षका लागि पाँच लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । गत मंसिर मसान्तसम्म कम्पनीले जम्मा ४६ हजार क्विन्टलमात्र धान खरिद गर्न सकेको छ । सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा धान खरिद बिक्री गर्ने किसान इच्छुक नदेखिएको बताउँदै प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकमा खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले भने,‘अहिले माग बमोजिम धान पाउँनै सकिएन ।’

धानको बजारमूल्य सरकारी दररेटभन्दा बढी हुँदा किसानले कम्पनीलाई नभई व्यापारीलाई दिएको उनले जानकारी दिए । सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा व्यापारीले धान किनेकाले अहिले यस्तो भएको बताउँदै खाद्य कम्पनीका कार्यकारी अधिकृत चन्दले भने, ‘सरकारी दररेटभन्दा बढी मूल्य तिरेर धान खरिद गर्ने व्यवस्था नहुँदा लक्ष्यअनुसार प्रगति हासिल गर्न सकिएको छैन ।’
लक्ष्यअनुसार धान खरिद हुन नसक्ने अवस्था देखिएपछि चामल खरिद गर्न लागिएको उनको भनाइ छ । दुर्गम क्षेत्रका जनतालाई खाद्यान्न उपलब्ध गराउन प्रतिस्पर्धाका आधारमा चामल किन्न लागिएको चन्दले जानकारी गराए ।
भारतबाट नेपालाई प्राप्त भएको ९५ हजार मेट्रिकटन चामल आयात कोटामध्ये कम्पनीले आफ्नै स्रोतबाट २० हजार मेट्रिकटन चामल खरिद गर्न पहल भइरहेको उनको भनाइ छ । सरकारले थप बजेट उपलब्ध गराए २० हजार मेट्रिकटन चामल खरिद गरिने कार्यकारी अधिकृत चन्दले बताए ।
कम्पनीले चालु आवमा तीन लाख २६ हजार चामल खरिद गर्ने लक्ष्य लिएको छ । कम्पनीले गत आवमा तीन लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि लक्ष्यको आधा पनि धान किन्न सकेका थिएन । यस वर्ष कम्पनीले जम्मा एक लाख ३४ हजार क्विन्टल धान र एक लाख ३७ हजार छ सय क्विन्टल चामल किनेको थियो ।

सरकारले चालु आवका लागि मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धान प्रतिक्विन्टल तीनहजार तीनसय ६२ रुपैयाँ समर्थन मूल्य तोकेको छ । खाद्य कम्पनीले सरकारले तोकेकोभन्दा बढी मूल्य तिरेर धान खरिद गर्न नसक्ने तथा व्यापारीले बढी मूल्य दिँदा पनि धान पाउन मुस्किल भएको सो कम्पनीको भनाइ छ ।
नेपालको तराई मधेस क्षेत्रमा बढीमात्रामा धान उत्पादन हुने गरेको छ । पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर, पूर्वी तथा मध्यतराईका मोरङ, धनुषा, सिरहा, पर्सा र कपिलवस्तुमा व्यावसायिक प्रयोजनका लागि धानखेती हुँदै आएका छन् ।

भारतसँगको खुला सीमाका कारण पनि अवैधरुपमा धानको खरिद बिक्री हुने गरेको सरकारी अधिकारीको आशंका छ । समितिको बैठकमा सांसदहरुले तराई–मधेसका क्षेत्रमा उत्पादन हुने धान अवैधरुपमा भारततर्फ जाने गरेको तथा नेपालको चामल भारत जाने र भारतबाट महँगोमा चामल किन्नुपर्ने बाध्यता रोक्नुपर्ने बताएका थिए ।
छलफलका क्रममा कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण शर्माले खाद्यान्नको अभाव हुन नदिन कम्पनीले पर्याप्त मौज्दात राखेको जानकारी दिँदै आपूर्ति श्रृङ्खला नबिग्रने गरी काम भइरहेको बताए ।

नागरिकको खाद्य सम्प्रभूताको हक सुनिश्चित गर्ने र नेपाली कृषकले उत्पादन गरेका कृषि उपजको खरिद, प्रशोधन र बजारीकरणमा क्रियाशील रहेको कम्पनीले चालु आवमा दुर्गम क्षेत्रमा एकलाख ८८ हजार आठसय क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले चालु आवको मंसिर मसान्तसम्म दुर्गम क्षेत्रमा ५५ हजार दुईसय १० क्विन्टल खाद्यान्न बिक्रीवितरण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।