१३ पुस/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा नगद परिचालन साढे ५ प्रतिशत बढेको छ ।
मंसिरसम्म ६ खर्ब ६० अर्ब ८१ करोड रुपैयाँ नगद परिचालन रहेको छ । गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले चालु आर्थिक वर्षको वितेका पाँच महिनामा नगद परिचालन ५ दशमलब ५९ प्रतिशतले बढेको छ ।
मंसिरसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ६० अर्ब २४ करोड रुपैयाँको उचाइमा पुगेको छ । यो ५ महिनामा सरकारी कोष २५५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ रहेको छ । गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो ।
आईएमएफसँग सम्बन्धित दायित्व ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ रहेको छ । अन्य दायित्व १ अर्ब ७० करोड ९ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया