१३ पुस/अर्थ र व्यापार – अर्थमन्त्रालयले बिद्युतीय गाडीको कर बढाउने संकेत गरेको छ । एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्रालयका सहसचिवले अहिले कर घट्नुमा विद्युतीय गाडीमा दिइएको सुविधा मूख्य कारक रहेको बताएका छन्।
आइआइडीयसले गरेको एक कार्यक्रममा अर्थमन्त्रालय सहसचिव बाबुराम सुवेदीले सुविधा उपयोग गर्नुले कर तिर्नुपर्ने बताए । उनले कारलाई विद्युतीय वा इन्धन भनेर विभेद गर्नुभन्दा पनि त्यो कार हो, सुविधा हो भनेर हेर्नुपर्ने बताए ।
‘कार चढ्नेले कर तिर्नु पर्छ। यो लक्जरी हो। कार बिजुलीमा होस् की इन्धनमा आधारित होस् त्यो सुविधा हो’ उनले भने, ‘यसपाली कर घट्नुको कारण सरकारले बिजुलीको गाडीमा कर सहुलियत दिएर हो।’ उनले बिद्युतीय चुलोमा सहुलियत दिन सकिए पनि विद्युतीय कारमा अब केही न केही नीतिगत सुधार गर्नैपर्ने भएको बताए ।
तपाईको प्रतिक्रिया