logo

बागलुङ उद्योग बाणिज्य संघद्धारा महासंघका अध्यक्ष ढकाल सम्मानित

    703   पटक पढिएको


१२ पुस/अर्थ र व्यापार – बागलुङ उद्योग बाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ ।
सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार आयोजित कार्यक्रममा महासंका अध्यक्ष ढकाललाई सम्मान गरेका हुन् । बागलुङ उद्योग बाणिज्य संघले महासंघका अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो । यसैगरी ढकालसँगै बागलुङका अर्का व्यवसायी एवं प्रभु बैंकका सिइओ शेरचनलाई पनि राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।
उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका हुन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई संघले आफ्नो देसको व्यवसायीक क्षेत्रबाट बागलुङ जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै सम्मान गरेको जनाएको छ ।
आइएमई ग्रुपका अध्यक्ष समेत रहेका महासंघका अध्यक्ष ढकालले व्यावसायीक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उनलाई सम्मान गरिएको जिल्ला संघले जनाएको छ ।
सामान्य परिवारमा जन्मिएका महासंघ अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायीक क्षेत्रमा सफलता प्राप्त गरेका हुन् । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान एकदमै अमूल्य रहेको भन्दै महोत्सव आयोजक संघलाई धन्यवाद व्यक्त गरे ।
ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णतामा शीघ्र सञ्चालनका लागि आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताए ।
उनले गण्डकी प्रदेश भौतिक रूपमा दुई ठुला छिमेकी भारत र चीनसँग जोडिएको तथा पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमाल देखि लिएर बागलुङको ढोरपाटन जस्ता कैयौँ अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नुपर्ने बताए ।
उनले दक्षिणी छिमेकीको करिब एक अर्ब मान्छेका आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएकाले यसको थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । भारत र चीन जस्ता निकट छिमेकीको जनसंख्या पौने ३ अर्ब रहेको भन्दै उनले नजिकैको ठुलो पर्यटन बजार हुनु ठुलो अवसर भएको बताए ।
यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले हवाई र स्थल मार्गबाट थप पर्यटक भित्राउन सकिने यथार्थलाई मनन गरेर प्रदेश सरकारले ध्यान पु¥याउनुपर्ने भन्दै महासंघ अध्यक्ष ढकालले कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी प्रदेशका व्यवसायीले पहल लिनुपर्ने समय आएको बताए ।
बेइजिङको समृद्धि भित्राउने र स्थानीय उत्पादन चीन तर्फ निर्यात गर्न कोरोला नाका प्रभावकारी हुने भएकाले संघीय सरकार संगसगै प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने बताए ।
महोत्सवमा सम्मानित भएका ढकाल र शेरचन दुवैजनाले बैंकिङ लगायतका क्षेत्रमा लगानी गरेका छन्। बागलुङ महोत्सवको सुरुआत देखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरुलाई पनि संघले सम्मान गरेको थियो । संघद्धारा सम्मानित हुनेहरुमा व्यवसायीहरु सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरु क्रमशः ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहेका छन् ।
कोरोना विश्व महामारिका कारण स्थगित भएको बागलुङ महोत्सव चारवर्षपछि अहिले आयोजना गरिएको हो । बुधबारदेखि सुरु भएको सो महोत्सव आगामी २१ पुससम्म चल्ने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । उनले यो महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन र बजारिकरणकालागि निकै उपलब्धीमुलक र फलदायी हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।