logo

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिस्टमा, यि मध्येबाट एकजना छानिदै

    799   पटक पढिएको


११ पुस/अर्थ र व्यापार – नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् । अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर्न सफल भएका हुन् ।
अब उनीहरुले पावर प्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको नाम छनोट हुनेछ । सर्ट लिस्टमा परेकाहरुको लागि प्रस्तुति र अन्तर्वार्ताको मिति आगामी १७ पुसका दिन तोकिएको छ ।
मन्त्रालयका अनुसार शैक्षिक योग्यता, कार्यअनुभव, व्यवसायिक तथा वित्तीय कार्ययोजनाको मूल्यांकनका आधारमा प्राप्त गरेको कुल प्राप्ताङ्कका आधारमा सबैभन्दा धेरै अंक प्राप्त गर्ने उम्मेदवारहरुलाई सर्ट लिस्टमा छनोट गरिएको हो ।
यसअघि मन्त्रालयले गत २१ कात्तिकमा एक सूचना प्रकाशित गरी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा १० जनाले आवेदन दिएका थिए । त्यसमध्ये जम्मा पाँच जनाको नाम मात्र सर्टलिस्टमा परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।