logo

वैदेशिक सहायताका आयोजनाको कामप्रति अर्थ मन्त्रालय असन्तुष्ट

    933   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – वैदेशिक सहायताका ठूला परियोजनामा लक्ष्य अनुसार काम नभएको भन्दै अर्थ मन्त्रालय असन्तुष्टी जनाएको छ । वैदेशिक सहायताका आयोजनामा काम नहुँदा पुँजीगत खर्च नै कम देखिएपछि मन्त्रालयले आयोजना प्रमुखहरुलाई बोलाएर असन्तुष्टि जनाएको हो।
अर्थ मन्त्रालयले आयोजना प्रमुखहरुलाई काममा तिब्रता दिन निर्देशन दिइ अब आफैंले अनुगमन गर्ने बताएको छ । विदेशी सहायताका आयोजनामा बर्सेनि ५० प्रतिशतभन्दा बढी खर्च हुन नसकेपछि मन्त्रालय आफैंले अनुगमन गर्न लागेको हो।
वैदेशिक सहायताका आयोजनाको खर्च अत्यन्त कमजोर छ । विकास बजेटको ठूलो हिस्सा ओगटेको भए पनि खर्च भइरहेको बताउँदै मन्त्रालयका सहसचिव धनिराम शर्माले भने, ‘हामीले त्यसका लागि मेकानिज्म बनाउन लागेका छौं। सम्बन्धित निकाय र अर्थ मन्त्रालयको संयुक्त मेकानिज्म बन्छ। आवश्यकताअनुसार फिल्डमा समेत जान्छौं।’
आयोजना प्रमुखहरुले विभिन्न समस्या औंल्याए पनि त्यो भरपर्दो नभएको भन्दै मन्त्रालयले अनुगमनमा जाने तयारी गरेको हो। फिल्डमा गएर हेरेपछि वास्तविक कारण र समाधानका उपाय समेत पत्ता लगाउन सकिने मन्त्रालयको बुझाइ छ।
‘अहिले नै मसिनो गरी हेर्न सक्ने अवस्था छैन। तर निश्चित आयोजनाहरु जसले ठूलो बजेट ओगटेका छन्, तिनलाई हेर्छौं’ शर्माले भने। नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त छ। २०७५ चैतमा साढे तीन वर्षमा सक्ने गरी काम थालिएको सडकमा म्याद गुज्रिएको एक वर्ष नाघ्दा पनि भौतिक प्रगति जम्मा ४० प्रतिशत छ।
उनका अनुसार त्रिभुवन विमानस्थलको स्तरोन्नति, नागढुंगा–मुग्लिन, बुटवल–नारायणगढ, मुग्लिन–पोखरा, कमला–कञ्चनपुर लगायत आयोजना हेर्न लागिएको हो। यी सबै आयोजनाको काम निकै सुस्त छ। सडक विभागमातहत निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तारको गति अत्यन्त सुस्त छ ।

२०७५ चैतमा साढे तीन वर्षमा सक्ने गरी काम थालिएको सडकमा म्याद गुज्रिएको एक वर्ष नाघ्दा जम्मा ४० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको वित्तीय प्रगति ४० प्रतिशतभन्दा कम छ। एसियाली विकास बैंक (एडीबी) को करिब १७ अर्ब रुपैयाँ ऋण सहयोगमा आयोजना अघि बढाइएको हो।
विभाग मातहतकै पोखरा–मुग्लिन सडकको काम झनै सुस्त छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम लगाए पनि आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत र जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा ८ प्रतिशत मात्रै काम भएको छ।

२०७८ जेठ २ मा सम्झौता भई त्यही वर्षको भदौ १२ देखि काम सुरु भएको पश्चिम खण्डको म्याद २०८१ भदौसम्म छ। एडीबीको ऋण सहयोगमा पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा दिइएको थियो।
अर्थका अनुसार वैदेशिक सहायताका अरु आयोजनाको अवस्था पनि योभन्दा फरक छैन। शर्माका अनुसार चालु आर्थिक वर्ष विकास बजेटमा वैदेशिक सहायताको अंश ५० प्रतिशत छ ।
वैदेशिक सहायताका आयोजनाको काम सुस्त हुँदा त्यसको प्रत्यक्ष प्रभाव पुँजीगत खर्चमा परेकाले खर्च बढाउनका लागि आफैंले अगुवाइ गर्नुपर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेको हो। अर्थ मन्त्रालयले आगामी दिनमा यस्ता आयोजनाहरुको काम तिब्र गतिले अघि बढाउनुपर्नेमा जोड गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।