logo

काठमाडौं टेक्निकल स्कुलका सीईओ घिमिरे महासंघ शिक्षा समितिको उपसभापतिमा मनोनीत

    684   पटक पढिएको


५ पुस/अर्थ र व्यापार – काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नेपाल उद्योग वणिज्य महासंघको शिक्षा, सीप विकास तथा रोजगार समितिको उपसभापतिमा मनोनित भएका छन् ।
घिमिरेसँगै समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे पनि सो समितिमा मनोनित भएका छन् ।
समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नव प्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन् ।
त्यसैगरी, समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्रा डा डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मनोनीत सल्लाहकार, उपसभापति तथा सदस्यहरूलाई बुधबार महासंघको सचिवालयमा आयोजित कार्यक्रमबीच मनोनयनपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।