logo

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षा मार्फत नीतिगत दर हेरफेर गर्यों: गभर्नर

    678   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार – नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् । शुक्रवार चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक भएपछि गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समिक्षामा फेवर हुने भएकाले नीतिगत दर हेरफेर गरिएको बताए । केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्यांकका सूचकहरुले पुष्टि हुने भन्दै उनले नीतिगत दर घटाउँदा बैंकहरुमा ऋणको माग बढाउने अपेक्षा रहेको बताए ।
अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको जानकारी गराउँदै उनले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताए ।
गभर्नर अधिकारीले हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अफ्ठ्यारो हुँदै आएको गुनासो आएकाले सहजिकरण गर्न खोजिएको बताए । उनले राष्ट्र बैंकले अध्ययन गरेर नै रेमिट्यान्स सेवा बन्द गरेको बताए ।
सुरूमा १ लाखबाट घटाएर २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको भन्दै उनले २५ लाख रुपैयाँसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नुपर्ने स्पष्ट पारे ।
राष्ट्र बैंकले १ लाखसम्म आन्तरिक रेमिट्यान्स सुविधा थियो तर बीचमा २५ हजार बनाएको र त्यसपछि शून्य गरेको शुन्य गर्नुको पछाडि केही अध्ययनहरु थिए भन्दै उनले त्यसपछि धेरै सुझाव र अनुरोध पनि भएको बताए । तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले अध्ययन गरिरहेका छौ । केही विदेशी एजेन्सीहरुले हामीलाई कारोबार गर्न अफ्ठ्यारो प¥योे भनेर सुझाव दिएका थिए भन्दै उनले राष्ट्र बैंकले यसमा सिमा नतोकेको बताए ।
सिमा अध्ययनपछि निर्धारण हुनेछ । अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०–१५ हजारको सीमा राखेर खुलाउने तयारीमा राष्ट्र बैंक रहेको बताउँदै गर्भनर अधिकारीले भने, ‘घरजग्गा कर्जाको जोखिम भार घटेको सबैमा हो । १५० रहेको घरजग्गा कर्जाको जोखिम भार १२५मा झारेका हौं । अर्थतन्त्रमा समस्याको सिर्जना आफैँ भएको हो । अर्थतन्त्र लयमा ल्याएर चलायमान बनाउन सबैको सहयोग चाहिन्छ । डिभेन्चरको भोलुम ठूलो छ । बजारमा अहिले कर्जाको माग छैन, कर्जाको माग बढ्नका लागि नीतिगत दर घटायौं,यो तत्कालका लागि मात्रै हो, पछि बजारले एउटा लाइन समातेपछि सधैं यस्तै नीति रहन्न । ’
हाल मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत दर हेरफेर गरेको बताउँदै उनले केही दिनमा प्रकाशित हुने तथ्यांकले त्यो पुष्टि हुने र मुद्रास्फीति घटेको जानकारी गराए । गभर्नर अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने पनि बताए । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फन ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने नीतिगत रुपमा व्यवस्था गरेको र ब्याज करिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैंक सजग रहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।