logo

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षा मार्फत नीतिगत दर हेरफेर गर्यों: गभर्नर

    792   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार – नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका छन् । शुक्रवार चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक भएपछि गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले कात्तिक महिनाको मुद्रास्फीति दर मौद्रिक नीतिको समिक्षामा फेवर हुने भएकाले नीतिगत दर हेरफेर गरिएको बताए । केही दिनमा प्रकाशित हुने वर्तमान अर्थतन्त्रको तथ्यांकका सूचकहरुले पुष्टि हुने भन्दै उनले नीतिगत दर घटाउँदा बैंकहरुमा ऋणको माग बढाउने अपेक्षा रहेको बताए ।
अहिले बजारमा कर्जाको माग बढाउनुपर्ने भएकोले पनि नीतिगत दरहरू घटाएको जानकारी गराउँदै उनले १० देखि १५ हजारसम्मको सानो आकारमा आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताए ।
गभर्नर अधिकारीले हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अफ्ठ्यारो हुँदै आएको गुनासो आएकाले सहजिकरण गर्न खोजिएको बताए । उनले राष्ट्र बैंकले अध्ययन गरेर नै रेमिट्यान्स सेवा बन्द गरेको बताए ।
सुरूमा १ लाखबाट घटाएर २५ हजार हुँदै बन्द गर्दा समस्या भएको विभिन्न एजेन्सीले गुनासो गरेकाले खुला गरिएको भन्दै उनले २५ लाख रुपैयाँसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले बोक्नुपर्ने स्पष्ट पारे ।
राष्ट्र बैंकले १ लाखसम्म आन्तरिक रेमिट्यान्स सुविधा थियो तर बीचमा २५ हजार बनाएको र त्यसपछि शून्य गरेको शुन्य गर्नुको पछाडि केही अध्ययनहरु थिए भन्दै उनले त्यसपछि धेरै सुझाव र अनुरोध पनि भएको बताए । तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले अध्ययन गरिरहेका छौ । केही विदेशी एजेन्सीहरुले हामीलाई कारोबार गर्न अफ्ठ्यारो प¥योे भनेर सुझाव दिएका थिए भन्दै उनले राष्ट्र बैंकले यसमा सिमा नतोकेको बताए ।
सिमा अध्ययनपछि निर्धारण हुनेछ । अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०–१५ हजारको सीमा राखेर खुलाउने तयारीमा राष्ट्र बैंक रहेको बताउँदै गर्भनर अधिकारीले भने, ‘घरजग्गा कर्जाको जोखिम भार घटेको सबैमा हो । १५० रहेको घरजग्गा कर्जाको जोखिम भार १२५मा झारेका हौं । अर्थतन्त्रमा समस्याको सिर्जना आफैँ भएको हो । अर्थतन्त्र लयमा ल्याएर चलायमान बनाउन सबैको सहयोग चाहिन्छ । डिभेन्चरको भोलुम ठूलो छ । बजारमा अहिले कर्जाको माग छैन, कर्जाको माग बढ्नका लागि नीतिगत दर घटायौं,यो तत्कालका लागि मात्रै हो, पछि बजारले एउटा लाइन समातेपछि सधैं यस्तै नीति रहन्न । ’
हाल मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत दर हेरफेर गरेको बताउँदै उनले केही दिनमा प्रकाशित हुने तथ्यांकले त्यो पुष्टि हुने र मुद्रास्फीति घटेको जानकारी गराए । गभर्नर अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने पनि बताए । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फन ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने नीतिगत रुपमा व्यवस्था गरेको र ब्याज करिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैंक सजग रहेको पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।