logo

नेपाली युवा भिजिट भिसामा यूएई हुँदै रूस पुग्थे

    1012   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – नेपाली युवालाई भिजिट भिसामा यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको प्रारम्भिक बयानका आधारमा नेपाली युवालाई यूएई हुँदै रुसमा लैजाने गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले यस्तो जानकारी गराएका हुन ।
प्रमहरीका अनुसार रूसमा मारिएका इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तान पनि यूएई हुँदै रूसी सेनामा भर्ती हुन गएका थिए । प्रहरीले नेपाली युवालाई रुस लैजाने कार्यमा संलग्न रहेको आरोपमा महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट १२ पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।
यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, उनीहरुले रुसमा लैजान १२ लाख रुपैयाँसम्म लिएको पाइएको प्रारम्भिक सोधपुछमा खुलेको छ । नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाएको पाइएको प्रहरीले जनाएको छ ।
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोट समेत पठाएको छ । लगत्तै काठमाडौं प्रहरीले अपरेशन चलाएर नेपालीलाई रुस पठाउने गिरोहलाई समातेको हो ।
युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको पाइएको थियो । यद्यपि, यसरी कति नेपाली रुसमा पुगे भन्ने स्पष्ट छैन ।
रुसी सेनामा भर्ती भएका नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्वप्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेकाहरु छन् ।
युक्रेनी सेनामा पनि नेपाली भर्ना भएका विवरणहरु बाहिर आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार सम्पादकहरुसँग छलफलका क्रममा पनि भारतको दिल्ली हुँदै २६ जना नेपाली रुस गएको सूचना पाएको बताएका थिए ।
प्रधानमन्त्री दाहालले कुनै देशमा जानै रोक लगाउनु प्रजातान्त्रिक विषय नहुने बताउँदै भनेका छन्, ‘तर, त्यहाँ जानु किन जोखिमपूर्ण छ ? अझ सेनामा भर्ती हुन जाने कुुरा किन घातक छ भन्ने बुझाउन जनचेतनामूलक कार्यक्रम ल्याउँदैछौं ।’ उनले भारत हुँदै गएकाहरुबारे पनि बुझ्न भनेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।