logo

नेपाली युवा भिजिट भिसामा यूएई हुँदै रूस पुग्थे

    727   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – नेपाली युवालाई भिजिट भिसामा यूएई लगेर त्यहाँबाट रूसी सेनामा भर्ती गराउन लैजाने गरेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको प्रारम्भिक बयानका आधारमा नेपाली युवालाई यूएई हुँदै रुसमा लैजाने गरेको खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले यस्तो जानकारी गराएका हुन ।
प्रमहरीका अनुसार रूसमा मारिएका इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तान पनि यूएई हुँदै रूसी सेनामा भर्ती हुन गएका थिए । प्रहरीले नेपाली युवालाई रुस लैजाने कार्यमा संलग्न रहेको आरोपमा महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट १२ पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।
यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, उनीहरुले रुसमा लैजान १२ लाख रुपैयाँसम्म लिएको पाइएको प्रारम्भिक सोधपुछमा खुलेको छ । नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर रुसी सेनामा भर्ती हुन पठाएको पाइएको प्रहरीले जनाएको छ ।
रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएपछि रुसी सेनामा रहेका नेपालीलाई फर्काइदिन सरकारले कुटनीतिक नोट समेत पठाएको छ । लगत्तै काठमाडौं प्रहरीले अपरेशन चलाएर नेपालीलाई रुस पठाउने गिरोहलाई समातेको हो ।
युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको पाइएको थियो । यद्यपि, यसरी कति नेपाली रुसमा पुगे भन्ने स्पष्ट छैन ।
रुसी सेनामा भर्ती भएका नेपालीहरुले सामाजिक सञ्जाल टिकटकमा भिडियो हालेपछि रुसी सेनामा नेपाली पनि भर्ती भएको खुलेको थियो । यसरी रुसी सेनामा भर्ती हुनेमा पूर्वप्रहरी, सेनादेखि सुरक्षागार्डका रुपमा काम गरिसकेकाहरु छन् ।
युक्रेनी सेनामा पनि नेपाली भर्ना भएका विवरणहरु बाहिर आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार सम्पादकहरुसँग छलफलका क्रममा पनि भारतको दिल्ली हुँदै २६ जना नेपाली रुस गएको सूचना पाएको बताएका थिए ।
प्रधानमन्त्री दाहालले कुनै देशमा जानै रोक लगाउनु प्रजातान्त्रिक विषय नहुने बताउँदै भनेका छन्, ‘तर, त्यहाँ जानु किन जोखिमपूर्ण छ ? अझ सेनामा भर्ती हुन जाने कुुरा किन घातक छ भन्ने बुझाउन जनचेतनामूलक कार्यक्रम ल्याउँदैछौं ।’ उनले भारत हुँदै गएकाहरुबारे पनि बुझ्न भनेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।