logo

सुनको भाउ बढेर नयाँ रेकर्डमा, प्रतितोला १ लाख २१ हजार ६सय पुग्यो

    666   पटक पढिएको

१९ मंसिर /अर्थ र व्यापार – निरन्तर उकालो लागेको सुनको भाउ बढेर सोमबार नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ । बजार भाउ अकासिएर नयाँ रेकर्ड बनाएको छापावाल सुनको मूल्यले सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा खरिदविक्री भएको थियो । असल चाँदीको भाउ प्रतितोला १ हजार पाँचसय ४५ रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन आइतबारको तुलनामा सोमबार प्रतितोला ८ सय रुपैयाँले सुनको भाउ बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । हाल अन्तर्राष्ट्रिय बजारमा नै बहुमुल्य पहैलो बस्तु सुनको मूल्य बढेकाले अहिले नेपाली बजारमा पनि भाउ यसरी बढेर नयाँ रेकर्डमा पुगेको हो ।
सोमबार बिहान ११ बजेर कारोबार भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको थियो । अहिले सुनको भाउ निरन्तर बढेर नयाँ रेकर्डमा पुगेपनि नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।
यसरी अत्यधिक रुपमा बढेको सुनको भाउले यसपालीको मंसिरको बिबाहको सिजनमा बिबाहकालागि सुनका गहना बनाउनेहरु निकै मर्कामा परेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।