logo

सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित, सबैभन्दा धेरै आयकर तिर्ने टेलिकम

व्यक्तिगत आयकर तर्फ विजयकुमार शाह

    873   पटक पढिएको

७ मंसिर/अर्थ र व्यापार– सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बिहीबार सम्मान गरेका हुन् ।
राष्ट्रिय कर दिवस २०८० को समापन कार्यक्रमको अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । कर दिवसकै अवसरमा आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
यसवर्ष सबैभन्दा बढी आयकर बुझाउने कम्पनीहरुमा नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) पहिलो भएको छ । निर्यात कारोबारतर्फबाट उत्कृष्ट करदाता डाबर नेपाल प्रालि भएको छ ।
विषेश उद्योगतर्फबाट एसियन पेन्ट्स, कृषि एवं पशुजन्य तर्फबाट ओसीबी फुड्स एन्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्ततर्फबाट छिमेक लघुवित्तले उत्कृष्ट करदाता सम्मान पाएको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाको तर्फबाट ग्लोबल आईएमई बैंक, बीमा तर्फबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ तथा शिक्षा क्षेत्रको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन क्षेत्रबाट मनकामना दर्शन प्रालि, वस्तु व्यापार क्षेत्रको तर्फबाट भाटभटेनी सुपरमार्केटले उत्कृष्ट करदाता सम्मान पाएको छ ।
त्यसैगरी, मध्यस्तरीय करदाताको तर्फबाट नेपाल स्टक एक्सचेन्ज, ऊर्जा क्षेत्रबाट भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तर्फबाट आईएमई लिमिटेड, व्यक्तिगत आयकर तर्फ विजयकुमार शाह, आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) कम्पनी सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।
आन्तरिक राजश्व विभागका अनुसार नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हिमालयन डिस्टिलरी लिमिटेडका संस्थापक शाहले सर्वाधिक धेरै आयकर तिरेका हुन्। सोही अनुसार शाहलाई बिहीबार अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै कर तिरेको भन्दै सम्मान गरेका हुन । कर दिवसको अवसर पारेर शाह लगायत विभिन्न उत्कृष्ट करदातालाई सम्मान गरिएको हो । अर्थमन्त्री महतले काठमाडौमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेका हुन्।
सो कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर लगायत कर कार्यालयका अधिकारीहरु उपस्थित थिए । नेपालको लिकर किङको रूपमा चिनिएका शाहका जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनी छ । ती कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर, बडवाइजर बियर उत्पादन भइरहेको छ ।
सरकारले बिहीबार १६ विधामा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । निरन्तर ५ वर्षदेखि सर्वाधिक कर तिर्ने र यस वर्ष पनि अन्तःशुल्क, मूल्य अभिवृद्धि र आय कर तिर्ने सूचीमा गरेर २ विधामा सूर्य नेपालले सर्वाधिक कर तिरेको भन्दै सम्मान पाएको छ । संस्थागततर्फ सबैभन्दा बढी आय कर नेपाल टेलिकमले तिरेको छ । सरकारी स्वामित्वको टेलिकमलाई पनि सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।