logo

सुस्ताएको घरजग्गा कारोबारमा अझै आएन सुधार, राजस्व आधा घट्यो

    874   पटक पढिएको


३ मंसिर/अर्थ र व्यापार – लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबारमा अझै सुधार आएको छैन । घरजग्गा कारोबारमा सुधार नआएपछि पछिल्लो समय राजस्व समेत आधा घटेको छ ।
गत असोज महिनाको अन्तिम सातादेखि कात्तिक मसान्तसम्म आम नेपाली दशैं तिहार र छठपर्वको ‘फेस्टिभ मुड’मा रहँदा नेपालमा घरजग्गा कारोबार सुस्ताएको सम्बन्धीत सरोकारवालाहरुले बताएको छ ।
उनीहरुका अनुसार कात्तिक महिनामा घरजग्गा कारोबारबाट राज्यलाई प्राप्त हुने राजस्वदेखि लिखत पारितसम्म घटेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७४ मा कृषियोग्य भूमि खण्डीकरण बढेको बन्दै जग्गा कित्ताकाट गर्न रोक लगाएको थियो । नीतिगत बन्देजकै कारण घरजग्गा कारोबार घट्दा अर्थतन्त्रमै समस्या परेको धारणा सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले गत २९ साउनमा मन्त्रिपरिषद् बैठकबाटै जग्गा कित्ताकाट खुलाएको थियो ।
त्यसपछि भदौ र असोज महिनामा केही सुधार देखिएको घरजग्गा कारोबार कात्तिक महिनामा चाडबाडका कारण पुनः घटेको हो ।
यस्तो कारोबारमा चलायमान बनाउन भन्दै जग्गा कित्ताकाट खुलाउन सरकार नै ‘पावरब्रोकर’ बन्दा समेत अझै अपेक्षाकृत रुपमा कारोबार नभएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ ।
सम्बन्धीत सरोकारवाला निकाय भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार असोजमा घरजग्गा किनबेचबाट सरकारले ४ अर्ब ८ करोड ६६ लाख २७ हजार ४३७ रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख ६७ हजार ५६४ रुपैयाँ कूल राजस्व प्राप्त भएको विभागले जनाएको छ । एकै महिनामा घरजग्गा कारोबारबाट राज्यलाई प्राप्त हुने राजस्व १ अर्ब ९२ करोड रुपैयाँले घटेको देखिन्छ ।
असोजमा १ लाख ४० हजार ५९० कित्ता जग्गा कारोबार भएकोमा कात्तिकमा घटेर ७७ हजार १८५ कित्तामा सीमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कात्तिकमा ३० हजार ३८७ जग्गा कित्ताकाट भई ७० हजार ११६ कित्ता कायम भएको छ । २६ हजार घरजग्गा किनबेच भएकोमा १८ हजार ५९३ वटा घरजग्गा रोक्का भएको छ । १५ हजार २५९ घरजग्गा फुकुवा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।