logo

तिहारमा राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका असर्फी बिक्री

    1025   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार – यसपालीको तिहारकालागि पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का (असर्फी) बिक्री भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो ।

गत आइतबारदेखि शक्रबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंक टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ ग्रामका सिक्का (मेडालियन) बिक्री गर्दै आएको छ ।

सुनचाँदीको प्रचलित बजार मूल्यमा निर्माण लागत थप गरी राष्ट्र बैंकले सिक्का बिक्री गर्दै आएको छ । तिहारको धनतेरसमा लक्ष्मीको पूजा गर्दा सुन–चाँदीका सिक्का राखेर पूजा गर्ने चलन छ ।
त्यसैले राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुन–चाँदीका सिक्का बिक्री गर्दै आएको छ । राष्ट्र बैंकका कर्मचारीहरुका अनुसार विगतका वर्षहरुमा भन्दा यस वर्ष सुन–चाँदीका सिक्काको माग बढी छ ।
यस वर्षको तिहारको धनतेरस शुक्रबार परेको छ । यस दिन तिहारको किनमेल गर्नु उपयुक्त मानिन्छ । सोही कारण नेपाली उपभोक्ताले तिहारको धनतेरसकालागि यस्तो सिक्का खरिद गरेर धनकीदेवी लक्ष्मी पुजा गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।