logo

नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह

    142   पटक पढिएको


२१ कात्तिक/अर्थ र व्यापार – प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
मंगलबार उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीसँग छलफलका क्रममा यस्तो आग्रह गरेका हुन् । सो भेटमा नेपालको आर्थिक विकासमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री दाहालले नेपालले राजनीतिक उपलब्धी हासिल गरिसकेको र अबको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीलाई आग्रह गरे ।
नेपालले राष्ट्रिय एवं अन्तराष्ट्रिय लगानी आव्हान गरिरहेको र नेपालमा लगानीका लागि अतिनै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास उनले सो अवसरमा दिलाए ।
महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रीत भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एशिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने थप स्पष्ट पारे ।
क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुुर्याउन क्यासी तयार रहेको प्रतिवद्धता जनाए ।
नेपालले छोटो अवधिमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । विश्व आर्थिक मन्चमा ठूलो हिस्सा ओगट्ने एशिया प्रशान्त क्षेत्र नेपालको विकास अभियानमा बलियो सहयोगी हुने उनले विश्वास दिलाए ।
महासंघको आयोजनामा कात्तिक २० गतेदेखि काठमाडौंमा क्यासीको ३७ औं सम्मेलन आयोजना भइरहेको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले हिजो उद्घाटन गरेका छन् ।
सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा छलफल भएको थियो ।
यसैगरी, सो कार्यक्रममा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विमर्श गरीरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति

सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पुर्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पु¥याउन सम्बन्धीत सरोकारवाला निकाएहरुलाई निर्देशन दिएका छन । सामाजिक सुरक्षा कोषद्धारा काठमाडौमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन ।

वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना हुने

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।