logo

निजीकरण गरिएका ४ उद्योगको समस्या अध्ययन गर्न सचिवको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल

    1072   पटक पढिएको

२१ कात्तिक/अर्थ र व्यापार – निजीकरण समितिले विगतमा निजीकरण गरिएका ४ उद्योगमा देखिएको समस्याका विषयमा अध्ययन गर्न सचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा सोमबार बसेको निजीकरण समितिको बैठकले सचिव नेतृत्वको कार्यदललाई निजीकरण गरिएका उद्योगमा देखिएको समस्या समाधान गर्न सरकारले गर्नुपर्ने निर्णयका विषयमा सुझाव दिने जिम्मेवारी दिएको छ ।
भक्तपुर इँटा टायल कारखानाको लिज अवधि थप गर्ने सम्बन्धमा समितिले गर्नुपर्ने निर्णयका विषयमा अध्ययन विश्लेषण गरी रायसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीको नेतृत्वमा वातावरण विभागका महानिर्देशकसमेत रहनेगरी दुई सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेपाल रोजिन एन्ड टर्पिनटाइनमा देखिएको समस्या र सरकारले लिनुपर्ने निर्णयका विषयमा सुझाव दिनसमेत भण्डारी नेतृत्वकै कार्यदललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, बैठकले चिया विकास निगममा देखिएको समस्याका विषयमा अध्ययन गर्दै सरकारले लिनुपर्ने निर्णयका विषयमा रायसहितको सुझाव पेस गर्न अर्थ सचिव कृष्णहरि पुष्कर नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी, रघुपति जुट मिलको समस्याका विषयमा अध्ययन गर्न समितिले उद्योग सचिव मुकुन्द निरौलाको नेतृत्वमा कार्यदल गठन गरिएको छ । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बरालका अनुसार कार्यदललाई समितिको आगामी बैठकमा रायसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

कतै भाडाको विवाद छ, कुनै उद्योगमा जग्गाको विवाद, कुनै उद्योगमा म्याद थप गर्ने वा नगर्ने भन्ने विवाद भईरहेको जानकारी गराउँदै उनले भने, ‘विगतदेखि थन्किएको समस्या सामाधान हुनुपर्छ भन्ने मन्त्रीज्यूको चाहनाअनुसार कार्यदल गठन भएको छ । कार्यदलले दिने सुझावका आधारमा निजीकरण समितिले निर्णय लिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।