logo

निजीकरण गरिएका ४ उद्योगको समस्या अध्ययन गर्न सचिवको नेतृत्वमा छुट्टाछुट्टै कार्यदल

    710   पटक पढिएको

२१ कात्तिक/अर्थ र व्यापार – निजीकरण समितिले विगतमा निजीकरण गरिएका ४ उद्योगमा देखिएको समस्याका विषयमा अध्ययन गर्न सचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा सोमबार बसेको निजीकरण समितिको बैठकले सचिव नेतृत्वको कार्यदललाई निजीकरण गरिएका उद्योगमा देखिएको समस्या समाधान गर्न सरकारले गर्नुपर्ने निर्णयका विषयमा सुझाव दिने जिम्मेवारी दिएको छ ।
भक्तपुर इँटा टायल कारखानाको लिज अवधि थप गर्ने सम्बन्धमा समितिले गर्नुपर्ने निर्णयका विषयमा अध्ययन विश्लेषण गरी रायसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल भण्डारीको नेतृत्वमा वातावरण विभागका महानिर्देशकसमेत रहनेगरी दुई सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेपाल रोजिन एन्ड टर्पिनटाइनमा देखिएको समस्या र सरकारले लिनुपर्ने निर्णयका विषयमा सुझाव दिनसमेत भण्डारी नेतृत्वकै कार्यदललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, बैठकले चिया विकास निगममा देखिएको समस्याका विषयमा अध्ययन गर्दै सरकारले लिनुपर्ने निर्णयका विषयमा रायसहितको सुझाव पेस गर्न अर्थ सचिव कृष्णहरि पुष्कर नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी, रघुपति जुट मिलको समस्याका विषयमा अध्ययन गर्न समितिले उद्योग सचिव मुकुन्द निरौलाको नेतृत्वमा कार्यदल गठन गरिएको छ । अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बरालका अनुसार कार्यदललाई समितिको आगामी बैठकमा रायसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

कतै भाडाको विवाद छ, कुनै उद्योगमा जग्गाको विवाद, कुनै उद्योगमा म्याद थप गर्ने वा नगर्ने भन्ने विवाद भईरहेको जानकारी गराउँदै उनले भने, ‘विगतदेखि थन्किएको समस्या सामाधान हुनुपर्छ भन्ने मन्त्रीज्यूको चाहनाअनुसार कार्यदल गठन भएको छ । कार्यदलले दिने सुझावका आधारमा निजीकरण समितिले निर्णय लिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।