logo

रसुवाको च्यांग्रा लिन थापाथली पुगे सर्वसाधारण

    1007   पटक पढिएको


३० असोज/अर्थ र व्यापार – दसैंमा सहुलियत दरको मासु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । मंगलबार बिहान ८ बजेबाट बिक्री सुरु भएपछि खसी बोका र च्यांग्रा लिन अहिले धमाधम सर्वसाधारण काठमाडौको थापाथलीस्थित खाद्य गोदाममा पुगिरहेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री विभाग प्रमुख भिम बहादुर थापाले मंगलबार बिहानदेखि सुलभ मूल्यमा खसी बोका र च्यांग्रा बेच्न थालेको जानकारी दिए । कम्पनीमा ग्राहकले बजार मूल्यभन्दा प्रतिकेजी १० रुपैयाँ छुट पाउनेछन्।
उनका अनुसार छुट सहित कम्पनीले जिउँदो खसी बोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ र च्यांग्राको मूल्य प्रतिकेजी १ हजार २५० रुपैयाँ निर्धारण गरेको छ । खाद्य कम्पनीले सोमबार साँझ खसीबोका र च्यांग्राको मुल्य निर्धारण गरेको हो ।
दसैंको फुलपातिको दिन आगामी ४ कात्तिक नजिकिएसँगै अहिले खसी बोका र च्यांग्रा छान्न एवं तौलिँदै लैजान काठमाडौका उपभोत्तासहरु खाद्य कम्पनी पुगिरहेका छन्। खाद्य कम्पनीले यसपालीको दसैंमा देसका विभिन्न ठाउँबाट दुईहजार खसीबोका र एकहजार च्यांग्रा काठमाडौ ल्याएर विक्री गर्ने लक्ष्य लिएको छ ।
सोही लक्ष्य अनुरुप खाद्य कम्पनीले मंगलबार दाङ र हैटौंडाबाट ४६८ खसी बोका र रसुवाबाट ३५८ च्यांग्रा ल्याएर बिक्री सुरु गरेको खाद्य कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले जानकारी गराइन् । उनले पहिलो दिनको भन्दा बुधबारदेखि यहाँ खरिद गर्न आउनेहरुको चाप बढ्दै जाने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।