logo

रसुवाको च्यांग्रा लिन थापाथली पुगे सर्वसाधारण

    180   पटक पढिएको


३० असोज/अर्थ र व्यापार – दसैंमा सहुलियत दरको मासु उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । मंगलबार बिहान ८ बजेबाट बिक्री सुरु भएपछि खसी बोका र च्यांग्रा लिन अहिले धमाधम सर्वसाधारण काठमाडौको थापाथलीस्थित खाद्य गोदाममा पुगिरहेका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री विभाग प्रमुख भिम बहादुर थापाले मंगलबार बिहानदेखि सुलभ मूल्यमा खसी बोका र च्यांग्रा बेच्न थालेको जानकारी दिए । कम्पनीमा ग्राहकले बजार मूल्यभन्दा प्रतिकेजी १० रुपैयाँ छुट पाउनेछन्।
उनका अनुसार छुट सहित कम्पनीले जिउँदो खसी बोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ र च्यांग्राको मूल्य प्रतिकेजी १ हजार २५० रुपैयाँ निर्धारण गरेको छ । खाद्य कम्पनीले सोमबार साँझ खसीबोका र च्यांग्राको मुल्य निर्धारण गरेको हो ।
दसैंको फुलपातिको दिन आगामी ४ कात्तिक नजिकिएसँगै अहिले खसी बोका र च्यांग्रा छान्न एवं तौलिँदै लैजान काठमाडौका उपभोत्तासहरु खाद्य कम्पनी पुगिरहेका छन्। खाद्य कम्पनीले यसपालीको दसैंमा देसका विभिन्न ठाउँबाट दुईहजार खसीबोका र एकहजार च्यांग्रा काठमाडौ ल्याएर विक्री गर्ने लक्ष्य लिएको छ ।
सोही लक्ष्य अनुरुप खाद्य कम्पनीले मंगलबार दाङ र हैटौंडाबाट ४६८ खसी बोका र रसुवाबाट ३५८ च्यांग्रा ल्याएर बिक्री सुरु गरेको खाद्य कम्पनीकी प्रवक्ता सर्मिला न्यौपाने सुवेदीले जानकारी गराइन् । उनले पहिलो दिनको भन्दा बुधबारदेखि यहाँ खरिद गर्न आउनेहरुको चाप बढ्दै जाने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति

सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पुर्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पु¥याउन सम्बन्धीत सरोकारवाला निकाएहरुलाई निर्देशन दिएका छन । सामाजिक सुरक्षा कोषद्धारा काठमाडौमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन ।

वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना हुने

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।