२९ असोज/अर्थ र व्यापार – दसैंका लागि नयाँ नोट लिन अहिले नेपाल राष्ट्र बैंकमा बाक्लो लाइन लागेको छ । राष्ट्र बैंकको मुख्यालय काठमाडौको बालुवाटारमा सर्वसाधारणको लाइन लागेको हो । घटस्थापनाको दोस्रो दिन सोमबार राष्ट्र बैंक पुगेर नयाँ नोट साट्नेहरुको बाक्लो लाइन जसका कारण अहिले राष्ट्र बैंक कार्यालय बाहिरसम्मै लाइन छ।
दसैंलाई लक्षित गरी सोमबार नयाँ नोट सटहीको सुविधा सुरु गरेपछि सर्वसाधारण राष्ट्र बैंकको मुख्यालय पुगेका हुन्। नयाँ नोट सटहीका लागि सर्वसाधारणहरु कार्यालय नखुल्दै लाइन बसेका थिए।
लाइन बस्नुपरे पनि नयाँ नोट पाउँदा उपभोक्ताहरु खुशी देखिएका छन्। एक जनाले बढीमा १८ हजार ५ सय रुपैयाँसम्मको नोट साट्न पाउने छन्। राष्ट्र बैंकले आफ्ना प्रदेशस्थित कार्यालय र विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटही गरिरहेको छ।
अहिले वाणिज्य बैंकले आफ्ना सबै शाखाबाट नयाँ नोट सटही गरेका छैनन्। उनीहरुले नयाँ नोट सटही गर्ने शाखाहरु तोकेका छन्। सोही शाखाबाट मात्र नयाँ नोट साटन पाइने जानकारी गराएका छन ।
तपाईको प्रतिक्रिया