logo

दशैंका लागि खसी, बोका र च्याङ्ग्राको मुल्य निर्धारण हुँदै, बिक्री सोमबारबाट

    1056   पटक पढिएको


२८ असोज/अर्थ र व्यापार – खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सहुलियत दरमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद कार्य सकेर आइतबार साँझसम्म विभिन्न ठाउँबाट संकलनगरि ल्याईएका खसिबोकाको मुल्य निर्धारण गर्ने छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिदको प्रक्रिया थालिएको थियो । खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा सोमबार बिहानदेखि काठमाडौं भित्रिन थाल्ने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन् ।

सोमबार बिहानदेखि खसी, बोका र च्याङ्ग्रा आउन सुरु गर्छन्, सम्भवत कम्पनीले सोमबार दिउँसोदेखि बिक्री थाल्ने जानकारी गराउँदै सुवेदीले भनिन्, ‘खसी, बोका र च्यांग्राको मूल्य भने बिक्री थाल्नु अघि तय गरिनेछ ।’
दशैंमा निजी क्षेत्रका व्यापारिले विक्री गर्ने भन्दा केही सस्तोमा मुल्य तोकेर बजार नियन्त्रणको प्रयास गर्दै आएको यस कम्पनीले आइतबार साँझ खसिबोकोको बिक्री मुल्य निर्धारण गर्ने छ ।
यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका खरिद गरेर ल्याइँदैछ । दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका सोमबार बिहानसम्म काठमाडौं आइपुग्ने सुवेदीले बताइन् ।
यसैगरी, धादिङ र मकवानपुरबाट खरिद गरिएको खसी र बोका पनि कमाठमाडौं ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्षका लागि रसुवाबाट सहकारीमार्फत कम्पनीले एक हजार च्याङ्ग्रा खरिद गर्दैछ । जिल्लास्थित सहकारीहरुले उक्त च्याङ्ग्रा काठमाडौं पठाउन छलफल चलिरहेको कम्पनीले जनाएको छ ।
काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ । खसी, बोका र च्याङ्ग्राका लागि संस्थानले ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
कोभिड–१९ महामारी पनि पहिलो पटक यस वर्ष कम्पनीले च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ । गत ९ असोजमा नै सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खरिद गरेर सर्वसाधारणलाई बिक्री गरिने खसी, बोका र च्याङ्ग्रामा बाहिर बजारको भन्दा प्रतिकेजी १० रुपैयाँ छुट दिने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।