logo

वैदेशिक रोजगार बीमालेखमार्फत ४४ करोड ८२ लाख प्रिमियम भित्रियो

    756   पटक पढिएको

१८ असोज / अर्थ र व्यापार – जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख मार्फत ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ प्रिमियम भित्राएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १० वटा जीवन बीमा कम्पनीले सो बीमालेख बिक्रीमार्फत झन्डै ४५ करोड प्रिमियम उठाएका हुन् ।
हाल १० वटा जीवन बीमा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् । यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै बिक्री गर्दै आइरहेको बीमालेख

वैदेशिक रोजगारमा गएका नेपालीहरुले अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान लागूभएसँगै अन्य कम्पनीले समेत यो बीमालेखमार्फत बीमा सेवा दिँदै आइरहेका छन् ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ५० लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फत प्रिमियम भित्राएको छ । त्यस्तै, नेपाल लाइफले ९ करोड ५९ लाख, आइएमई लाइफले ६ करोड १२ लाख, सूर्यज्योति लाइफले ३ करोड ७२ लाख, नेशनल लाइफले ३ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
यसैगरी, रिलायबल नेपाल लाइफले ३ करोड ४२ लाख, सानिमा रिलायन्स लाइफले २ करोड ९१ लाख, एशियन लाइफले २ करोड ७० लाख, सिटिजन लाइफले २ करोड २४ लाख र प्रभु महालक्ष्मी लाइफले ७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।