logo

असोज अन्तिमदेखि दसैंलाई नयाँ नोट बाँड्दै राष्ट्र बैंक, क्युआर भुक्तानीको व्यवस्था हुँदै

    602   पटक पढिएको


१६ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले यस पटकको दसैं लक्षित नयाँ नोट असोज अन्तिम सातादेखि वितरण गर्ने भएको छ। केन्द्रीय बैंकले यस पटक डिजिटल भुक्तानीको व्यवस्था गर्दै दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो।
यस वर्षको दसैंको टीका कात्तिक ७ गते परेको छ। दसैंका लागि फूलपातीदेखि सार्वजनिक विदा सुरु हुन्छ। फूलपातीको अघिल्लो दिनसम्म सबै सरकारी कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरु खुला हुन्छन्।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले दसैंका लागि नयाँ नोट पनि सर्वसाधारणले उक्त दिनसम्म सटही गर्न पाउँछन्। यस पटकको दसैंका लागि भने करिब एक साता नयाँ नोट सटही सुविधा दिइने बताए ।
विगतका वर्षहरुमा जस्तै नयाँ नोट यस पटको दसैंका लागि पनि सहज वितरण हुने, सार्वजनिक विदा सुरु हुनुभन्दा एक साताअघि नयाँ नोट वितरण थालिने जानकारी गराउँदै डेपुटी गभर्नर मिश्रले भने, ‘यस पटक नोट साट्न आउनेका लागि डिजिटल भुक्तानीको व्यवस्था हुनेछ। क्युआर भुक्तानी गरेर नयाँ नोट साट्नेका लागि छुट्टै लाइनमा राखेर वितरण हुन्छ।’
उनले राष्ट्र बैंकले अन्य विदेशी मुद्रा सटहीमा क्यूआर भुक्तानीको व्यवस्था गरेजस्तै नयाँ नोट सटहीमा पनि क्युआर भुक्तानीको व्यवस्था गर्न लागिएको बताए ।
दसैं लक्षित नयाँ नोट सटहीका लागि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आवश्यक तयारी गरिरहेको छ। विभागले नोट सटहीको व्यवस्थापनमा कमिटी नै बनाएर काम गरिरहेको बताउँदै उनले सो कमिटीले सुझाएमा यस पटकको दसैंका लागि प्रतिव्यक्ति सटही सीमा बढ्न सक्ने जानकारी गराए ।
यसअघि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सहटी सुविधा दिने गरेको थियो । यस पटक पनि सीमा थपघट भए पनि ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बन्डल नयाँ तथा सुकिला नोट राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।