logo

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी

    913   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार – दशैंका लागि लामो रुटमा चल्ने सार्वजनिक बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खोल्ने तयारी गरिएको छ । सरकारी निकाय र यातायात व्यवसायीहरुबीच विभिन्न चरणमा भएका छलफलहरुबाट आगामी २० गते अर्थात शनिबादेखि अग्रिम टिकट बुकिङ खोल्ने निष्कर्श निस्किएको हो ।
प्रत्येक बर्षको दशैंमा यातायात व्यवसायीहरुले दशैं मनाउन जन्मथलो जानेहरुका लागि भन्दै घटस्थापनाको १५ दिन अगावै अग्रिम टिकट बुकिङ खुलाउँछन् । सोही अनुसार यो बर्ष पनि गाडी कम र घर जाने मान्छे बढी भएपछि केहि कम दिनको ग्याप राखेर अग्रिम टिकट बुकिङ खुलाउन थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल बताउँछन् ।
उनका अनुसार यातायात व्यवसायीहरुसँग गाडी नै कम हुँदा चाँडै टिकट सकिने समस्या छ । यसरी चाँडै अग्रिम टिकट बुकिङ खुलाई चाँडै टिकट सकिए टिकटमै कालोबजारी हुने भएकाले कम दिनको ग्याप राखेर अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
जसका कारण घटस्थापनाको ८ दिन अघि मात्रै यसको बुकिङ खुलाउने पक्षमा पुगिएको उनी बताउँछन् । ‘यसपल्टको दशैंमा टिकटको माग धेरै र गाडीको आपुर्ति कम हुने सम्भावना छ, यसले कालोबजारी बढाउला कि भन्ने डर छ,’ उनले भने, ‘यसैका कारण हामीले १८ देखि २० गतेसम्ममा अग्रिम टिकट खुलाउने कि भन्ने छलफलमा छौं ।’

हाल सार्वजनिक सवारी व्यवसायीहरुले दशैंमा घर जाने यात्रुका लागि र स्वयं बसका लागि पनि बाटोको समस्या भने रहेको बताउँदै आएका छन् । मुग्लिन नारायणगढ सडक र पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर दाउन्ने सडकका कारण यसपल्ट यात्रुले दूःख पाउने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन् ।
यस्ता सडकखण्डको मर्मत र सहजीकरणका लागि भने सडक विभागसँग विभिन्न चरणको छलफल भईरहको यातायात विभागका महानिर्देशक रिजालले बताए । ‘व्यवसायी साथीहरुले काठमाडौंबाट पश्चिमतर्फ गएका बसहरु सडककै कारण पुनः फर्किन नसक्ने अवथा रहेको बताउँदै आउनुभएको छ,’ उनले भने ।
हामीले कम्तिमा दशैंकै लागि भएपनि यस्ता सडकहरुमा सहजीकरण गरिदिन सडक विभागसँग आग्रह गरेको उनले बताए । यता व्यवसायीहरु भने केहि व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुलाईसकेको बताउँछन् ।

नेपाल यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल अरनिको लगायतका यातायातले अग्रिम टिकट बुकिङ खुलाईसकेको बताउँछन् । तर, सरकारी निकायसँगको छलफलमा भने शनिबारदेखि नै अग्रिम टिकट बुकिङ खुलाउने छलफल भएको उनले बताए ।
हाल देशभर लामो रुटका लागि भन्दै सामान्यतया ७ सय गाडीहरु गुड्छन् । तर, दशैंमा भने यात्रुको चापका कारण यो संख्या बढेर १५ सयसम्म पुग्ने व्यवसायीको आँकलन छ । हाल यातायात क्षेत्रको दुई महासंघ यातायात व्यवसायी केन्द्रिय महासंघ र यातायात व्यवसायी राष्ट्रिय महासंघमा गरी ७ सय गाडीहरु संचालनमा छन् ।

जसमध्ये केन्द्रिय महासंघका ३ सय र राष्ट्रिय महासंघमा ४ सय गाडीहरु रहेको व्यवसायीले बताएका छन् । तर, यति गाडीले मात्रै नपुग्ने भएपछि व्यवसायीले प्रदेशभित्रै चल्ने बसका लागि भने लामो रुटको रुट परमिट खोलिदिनुपर्ने माग गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।