logo

शनिबारदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी

    647   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार – दशैंका लागि लामो रुटमा चल्ने सार्वजनिक बसको अग्रिम टिकट बुकिङ आगामी शनिबारदेखि खोल्ने तयारी गरिएको छ । सरकारी निकाय र यातायात व्यवसायीहरुबीच विभिन्न चरणमा भएका छलफलहरुबाट आगामी २० गते अर्थात शनिबादेखि अग्रिम टिकट बुकिङ खोल्ने निष्कर्श निस्किएको हो ।
प्रत्येक बर्षको दशैंमा यातायात व्यवसायीहरुले दशैं मनाउन जन्मथलो जानेहरुका लागि भन्दै घटस्थापनाको १५ दिन अगावै अग्रिम टिकट बुकिङ खुलाउँछन् । सोही अनुसार यो बर्ष पनि गाडी कम र घर जाने मान्छे बढी भएपछि केहि कम दिनको ग्याप राखेर अग्रिम टिकट बुकिङ खुलाउन थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल बताउँछन् ।
उनका अनुसार यातायात व्यवसायीहरुसँग गाडी नै कम हुँदा चाँडै टिकट सकिने समस्या छ । यसरी चाँडै अग्रिम टिकट बुकिङ खुलाई चाँडै टिकट सकिए टिकटमै कालोबजारी हुने भएकाले कम दिनको ग्याप राखेर अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
जसका कारण घटस्थापनाको ८ दिन अघि मात्रै यसको बुकिङ खुलाउने पक्षमा पुगिएको उनी बताउँछन् । ‘यसपल्टको दशैंमा टिकटको माग धेरै र गाडीको आपुर्ति कम हुने सम्भावना छ, यसले कालोबजारी बढाउला कि भन्ने डर छ,’ उनले भने, ‘यसैका कारण हामीले १८ देखि २० गतेसम्ममा अग्रिम टिकट खुलाउने कि भन्ने छलफलमा छौं ।’

हाल सार्वजनिक सवारी व्यवसायीहरुले दशैंमा घर जाने यात्रुका लागि र स्वयं बसका लागि पनि बाटोको समस्या भने रहेको बताउँदै आएका छन् । मुग्लिन नारायणगढ सडक र पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर दाउन्ने सडकका कारण यसपल्ट यात्रुले दूःख पाउने सम्भावना रहेको व्यवसायीहरुले बताएका छन् ।
यस्ता सडकखण्डको मर्मत र सहजीकरणका लागि भने सडक विभागसँग विभिन्न चरणको छलफल भईरहको यातायात विभागका महानिर्देशक रिजालले बताए । ‘व्यवसायी साथीहरुले काठमाडौंबाट पश्चिमतर्फ गएका बसहरु सडककै कारण पुनः फर्किन नसक्ने अवथा रहेको बताउँदै आउनुभएको छ,’ उनले भने ।
हामीले कम्तिमा दशैंकै लागि भएपनि यस्ता सडकहरुमा सहजीकरण गरिदिन सडक विभागसँग आग्रह गरेको उनले बताए । यता व्यवसायीहरु भने केहि व्यवसायीहरुले अग्रिम टिकट बुकिङ खुलाईसकेको बताउँछन् ।

नेपाल यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल अरनिको लगायतका यातायातले अग्रिम टिकट बुकिङ खुलाईसकेको बताउँछन् । तर, सरकारी निकायसँगको छलफलमा भने शनिबारदेखि नै अग्रिम टिकट बुकिङ खुलाउने छलफल भएको उनले बताए ।
हाल देशभर लामो रुटका लागि भन्दै सामान्यतया ७ सय गाडीहरु गुड्छन् । तर, दशैंमा भने यात्रुको चापका कारण यो संख्या बढेर १५ सयसम्म पुग्ने व्यवसायीको आँकलन छ । हाल यातायात क्षेत्रको दुई महासंघ यातायात व्यवसायी केन्द्रिय महासंघ र यातायात व्यवसायी राष्ट्रिय महासंघमा गरी ७ सय गाडीहरु संचालनमा छन् ।

जसमध्ये केन्द्रिय महासंघका ३ सय र राष्ट्रिय महासंघमा ४ सय गाडीहरु रहेको व्यवसायीले बताएका छन् । तर, यति गाडीले मात्रै नपुग्ने भएपछि व्यवसायीले प्रदेशभित्रै चल्ने बसका लागि भने लामो रुटको रुट परमिट खोलिदिनुपर्ने माग गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।