logo

धितोपत्र बोर्डको कमजोरीले सेयर बजारमा विकृति बढ्यो, बजार तलमाथि गरेर सीमितले मात्रै कमाउने काम भयो : अर्थमन्त्री महत

    849   पटक पढिएको



१५ असोज/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले धितोपत्र बोर्डको कमजोरीको कारण सेयर बजारमा विकृति फैलिएको बताएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विश्व लगानीकर्ता सप्ताह–२०२३ को उद्घाटन कार्यक्रममा बोल्दै नियमकले नियमन गर्न नसक्दा अहिले बजारमा अनेकखालका घटनाहरु घट्ने गरेको बताए ।
‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । जहाँ आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । हाम्रो अहिले चिन्ताको विषय चाहिँ त्यही हो,’ उनले भने । तर, अहिले खुलेआम इनसाइडर ट्रेनिङ तथा नियामकबाटै सूचना लिक हुने प्रवृत्ति देखिएको छ यसले सर्वसाधारण लगानीकताई फसाउने काम भएको भन्दै उनले यस्ता विषयलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउन नसक्नु अहिलेको कमजोरी भएको धारणा राखे ।

यसैगरी, अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको भन्दै यसका लागि धितोपत्र बोर्डले ध्यानदिनुपर्ने बताए । अहिले बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ, जसका कारण अहिले धेरै लगानीकर्ताहरु पेनिक भएको बताउँदै उनले भने, ‘यसलाई रोक्नका लागि लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी भएको धारणा राखे ।
बजारमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गर्न जरुरी रहेको भन्दै नयाँ ब्रोकर आएसँगै यसले गति लिने बताउँदै महतले भने, ‘पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । ‘यसको फाइदा आम लगानीकर्ताले लिन सक्नुपर्छ ।’
बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्म ‘च्याटबोर्डको शुभारम्भ गरेको छ । यसलाई सबै लगानीकर्ताले प्रयोग गरेर उपयोगमा ल्याउनुपर्ने मन्त्री महतको भनाई थियो ।
अहिले धितोपत्र बोर्ड लगानी साक्षरता विषयमा कमजोर रहेको बताउँदै उनले विश्वमा लगानीका नयाँ तौरतरिका विकसित भइरहेको र त्यसलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्नेजानकारी गराए । ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि ल्याउँछ । यसलाई रोक्न हामीले आफूलाई तयारी राख्नुपर्छ,’ उनले भने, ‘यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’

यसैगरी, मन्त्री महतले अहिले सेयर बजारमा जुन प्रवृत्ति हाबी भएको छ त्यसबाट सीमितले मात्र बुझने र त्यस्ता व्यक्तिले मात्रै कमाउने काम भैरहेको बताए । ‘अहिले बजारका सीमित खेलाडीहरु बजारमा खेल्न सिपालु छन् भने उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन्,’ उनले भने, ‘कुन बेला बजार तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने भन्ने अवस्था नेपालमा विद्यमान छ ।’
यसैगरी, उनले अहिले सेयर बजारमा देखिएको समस्या समाधानका लागि केही दिनभित्रै नयाँ निर्णय आउने समेत उनले लगानीकर्तालाई आश्वस्थ पारेका थिए । ‘सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ,’ उनले भने, ‘यसबाट बजार सुधार हुँदै जानेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।