logo

सुनको भाउ घट्यो, विक्रीको चाप र अमेरिकी डलरप्रतिको आकर्षण प्रमुख कारण

    706   पटक पढिएको

१४ असोज/अर्थ र व्यापार – सो साता बिश्व बजारमा सुनको मुल्यमा कमी आएको छ । अमेरिकी बजारमा सुनको विक्री बढ्नुका साथै अमेरिकी डलर मजवुत बनेकोले मुल्यमा उच्च गिरावट आएको हो ।
विश्व बजारमा कच्चा तेलको मुल्यमा समेत कमी आएकोले त्यसले बिश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न गई सुनको मुल्यमा कमी आएको विश्लेषकहरु बताउँछन् । यो क्रम अझै केही समय कायमै रहन सक्ने अनुमान विश्लेषकहरुको छ ।
अमेरिकी डलर मजवुत बन्दै जाँदा त्यसको प्रभाव स्वरुप त्यहाँको शेयर बजारमा भने गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको प्रभावले नेपाली बजारमा समेत मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

उनका अनुसार नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार १ सय ९५ रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मुल्य ९३ हजार २ सय ८० रुपैयाँमा झरेको थियो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ३ हजार ९ सय १५ रुपैयाँले कम होे । नेपाली बजारमा साताको पहिलो दिन आइतबारको तुलनामा दोस्रो दिन स्थिर रहेको सुनको मुल्य साताका अन्य सवै दिन ओरालो लागेको छ ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन १ हजार २ सय २६ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ३ सय ९५ रुपैयाँमा झरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।