logo

चौतर्फी दबावपछि सरकारले इन्धनको मूल्यवृद्धि फिर्ता गर्यो, आज राति १२ बजेदेखि लागु हुने

    576   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार – चौतर्फी दबाबपछि फिर्ता गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरेको हो ।

प्रधानमन्त्री दाहालबाट मूल्यवृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी शनिबार बढाईएको मूल्यबृद्धि घटाइएको निगमले जनाएको छ ।
‘प्रधानमन्त्री दाहालबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुनेगरी फिर्ता गरिएको छ’ निगमले आइतबार जारी गरेको सूचनामा भनिएको छ ।

शनिबार राति १२ बाट लागु हुने गरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । आइतबार बिहान आफूसँग सल्लाह नगरी इन्धनको मूल्य वृद्धि गरिएको भन्दै प्रधानमन्त्री दाहालले आयल निगमसँग असन्तुष्टि जनाएका थिए ।

सोही असन्तुष्टिकै बीच प्रधानमन्त्री दाहालले मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए । निगमको यो पछिल्लो निर्णयसँगै आइतबार दिनभर उपभोक्ताले वृद्धि भएकै मूल्यमा पेट्रोल, मट्टीतेल, डिजेल र ग्याँस खरिद गर्नुपर्ने छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागुहुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।