logo

अर्थ समितिले बनायो कार्यविधि, सांसदहरुले स्वार्थ जोडिएका विषयमा छलफल गर्न नपाउने

    613   पटक पढिएको


१२ असोज/अर्थ र व्यापार – प्रतिनिधि सभाको अर्थ समितिले बैठकका एजेण्डा सदस्यहरुलाई ४८ घण्टा अगावै जानकारी गराउने व्यवस्थासहित आफ्नो कार्यविधि बनाएको छ । समितिको शुक्रबार बसेको बैठकले कार्यविधि स्वीकृत गरेको छ ।
स्वार्थ जोडिएका विषयमा सांसदहरुले छलफलमा भाग लिन पाउने छैनन्। ‘व्यक्तिगत स्वार्थ जोडिएको विषयमा सभापति मार्फत जानकारी गराएर छलफल र निर्णयबाट अलग राख्नुपर्नेछ’ कार्यविधिमा भनिएको छ ।
निर्धारित समयको ३० मिनेट बित्दासम्म सुरु हुन नसके सभापतिले बैठक स्थगित गर्न सक्ने व्यवस्था कार्यविधिमा छ । बैठकमा सदस्यहरुले विषय केन्द्रित भएर मात्रै बोल्न पाउनेछन्। त्यसका लागि नाम टिपाउनुपर्ने छ ।
एक सदस्य बोलिरहेका बेला अर्को सदस्यले बोल्न पाउने छैनन् । सदस्यहरुले आफूखी बैठकबाट निस्कन पाउने छैनन्। बैठकमा मोबाइल प्रयोग गर्न समेत नपाइने भनिएको छ।
अहिले एक सदस्यले बोलिरहँदा अर्का सदस्यले मोबाइल प्रयोग गर्ने प्रवृत्ति छ । यस्तै सदस्यहरु आफूले बोलिसकेपछि मनलाग्दी रुपमा बैठकबाट निस्कने गरेका छन्।
अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्ड समितिको कार्यक्षेत्रभित्र पर्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।