११ असोज/अर्थ र व्यापार – नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
संघको २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनबाट घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।
उनी एभरेस्ट ग्यास संसारका अध्यक्ष हुन्। एसजी ग्रुपका अध्यक्ष घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिका सभापति समेत हुन्।
संघको वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेल तथा महासचिवमा जितबहादुर कार्की चयन भएका छन् । सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष जजोदिया निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यमा सुनील सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र वुद्धि डल्लाकोटी निर्वाचित भएका छन् । त्यस्तै, मनिषकुमार जोशी र निर्मलकुमार खत्री क्षत्रीलाई सदस्यमा मनोनित गरिएको छ ।
तपाईको प्रतिक्रिया