११ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले अब दैनिक २० केजी सुन आयात गर्न पाईने व्यवस्था गरेको छ । बुधबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै सुन आयातको कोटा बढाएको हो ।
यसअघि नेपालमा दैनिक १० केजी मात्र सुन आयात गर्न पाईने व्यवस्था थियो । यसले हालको करिव १० देखि १५ केजीको दैनिक मागलाई धान्न नसकेको सम्बन्धीत सुन चाँदीका गरगहना बनाउने व्यवसायीहरुले गुनासो गर्दै आएका थिए ।
यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारसँग धेरै पटक सुन आयातको कोटा बढाउन माग गर्दै आएको थियो ।
व्यवसायीको सोही माग अनुसार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले सुन आयातको दैनिक कोटा १० केजीबाट बढाएर २० केजी पु¥याउन राष्ट्र बैंकमा सिफारिस गरेको थियो । मन्त्रालयले गरेको सिफारिस अनुसार अहिले राष्ट्र बैंकले सुन आयातको कोटा यसरी बढाउने निणर्य गरि साविकको भन्दा दोब्बर आयात गर्न पाउने व्यवस्था गरिदिएको हो ।
तपाईको प्रतिक्रिया