logo

गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भएको भेटवार्ताले सेयर बजारमा सुधार आउला त ?

    965   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच सोमबार भएको भेटवार्ताले अब हाल सेयर बजारमा देखिएको निराशा हट्ला त ? भन्ने जिज्ञाशा निवारणको अपेक्षा सबैले गरेका छन ।
राष्ट्र बैंकमै पुगेर बोर्डका अध्यक्ष हमालले गभर्नर अधिकारीसँग हाल सेयर बजारमा देखिएको समस्या समाधानकालागि पहल गर्ने आग्रह सहित सो भेट गरेका हुन् ।
गभर्नर अधिकारी र बोर्डका अध्यक्ष हमालबीच पूँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी लगायत धितोपत्र बजार र अर्थतन्त्रको समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, छलफलको क्रममा विशेष गरेर देसको अर्थतन्त्रसँगै सेयर बजारमा देखिएको निराशा लगायतका विषयमा विस्तृत छलफल भएको थियो । सो भेटमा धितोपत्र बोर्डका अध्यक्ष हमालले सेयर बजारको नैराश्यता कम गर्न मार्जिन प्रकृतिको सेयर धितो कर्जाको व्यक्तिगत सीमा १२ करोडबाट बढाउनुपर्ने बताएका थिए ।
उनले व्यक्तिगत लगानीकर्तालाई यस्तो सीमा सामान्य बढाएर संस्थागत लगानीकर्तालाई भने दायरका केही फराकीलो बनाउनुपर्ने सुझाव दिएका थिए । संस्थागत लगानीकर्ताहरुबाट सरकारको राजस्व पनि बढ्दै जाने भन्दै हमालले यस्तो सीमा बढाएर सेयर लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा दिएका थिए ।
बोर्डका अध्यक्ष हमालको कुरा सुनिसकेपछि जवाफ दिँदै गभर्नर अधिकारीले पनि त्यसमा आफू सकारात्मक रहेको भन्दै छिटैै त्यसमा निर्णय गर्ने बताएका छन । गभर्नर अधिकारीले आफु त्यसमा सकारात्मक रहेको बताएका थिए ।
बोर्डका अध्यक्ष हमालले प्राइभेट इक्विटीमा बैंकहरुलाई लगानी खुला गर्न पनि गभर्नरलाई आग्रह गरेका थिए । प्राइभेट इक्विटीले इनोभेसनदेखि अर्थतन्त्रको विस्तार हुने र साना लगानकिर्ताले लाभ लिने सक्ने भएकोले प्राइभेट इक्विटीमा बैंकको लगानी खोल्न बोर्ड अध्यक्ष हमालले गभर्नर अधिकारीलाई आग्रह गरेका थिए ।
बोर्ड अध्यक्ष हमालले पनि धितोपत्र बजारको विकास तथा प्राइभेट इपक्वटीमा लगानी गर्नेबाटो खोल्न लगायतका विषयमा गभर्नरसँग छलफल भएको बताएका छन । उनले यो छलफल उपलब्धीमुलक हुने अपेक्षा गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।