logo

गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भएको भेटवार्ताले सेयर बजारमा सुधार आउला त ?

    706   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच सोमबार भएको भेटवार्ताले अब हाल सेयर बजारमा देखिएको निराशा हट्ला त ? भन्ने जिज्ञाशा निवारणको अपेक्षा सबैले गरेका छन ।
राष्ट्र बैंकमै पुगेर बोर्डका अध्यक्ष हमालले गभर्नर अधिकारीसँग हाल सेयर बजारमा देखिएको समस्या समाधानकालागि पहल गर्ने आग्रह सहित सो भेट गरेका हुन् ।
गभर्नर अधिकारी र बोर्डका अध्यक्ष हमालबीच पूँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी लगायत धितोपत्र बजार र अर्थतन्त्रको समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, छलफलको क्रममा विशेष गरेर देसको अर्थतन्त्रसँगै सेयर बजारमा देखिएको निराशा लगायतका विषयमा विस्तृत छलफल भएको थियो । सो भेटमा धितोपत्र बोर्डका अध्यक्ष हमालले सेयर बजारको नैराश्यता कम गर्न मार्जिन प्रकृतिको सेयर धितो कर्जाको व्यक्तिगत सीमा १२ करोडबाट बढाउनुपर्ने बताएका थिए ।
उनले व्यक्तिगत लगानीकर्तालाई यस्तो सीमा सामान्य बढाएर संस्थागत लगानीकर्तालाई भने दायरका केही फराकीलो बनाउनुपर्ने सुझाव दिएका थिए । संस्थागत लगानीकर्ताहरुबाट सरकारको राजस्व पनि बढ्दै जाने भन्दै हमालले यस्तो सीमा बढाएर सेयर लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा दिएका थिए ।
बोर्डका अध्यक्ष हमालको कुरा सुनिसकेपछि जवाफ दिँदै गभर्नर अधिकारीले पनि त्यसमा आफू सकारात्मक रहेको भन्दै छिटैै त्यसमा निर्णय गर्ने बताएका छन । गभर्नर अधिकारीले आफु त्यसमा सकारात्मक रहेको बताएका थिए ।
बोर्डका अध्यक्ष हमालले प्राइभेट इक्विटीमा बैंकहरुलाई लगानी खुला गर्न पनि गभर्नरलाई आग्रह गरेका थिए । प्राइभेट इक्विटीले इनोभेसनदेखि अर्थतन्त्रको विस्तार हुने र साना लगानकिर्ताले लाभ लिने सक्ने भएकोले प्राइभेट इक्विटीमा बैंकको लगानी खोल्न बोर्ड अध्यक्ष हमालले गभर्नर अधिकारीलाई आग्रह गरेका थिए ।
बोर्ड अध्यक्ष हमालले पनि धितोपत्र बजारको विकास तथा प्राइभेट इपक्वटीमा लगानी गर्नेबाटो खोल्न लगायतका विषयमा गभर्नरसँग छलफल भएको बताएका छन । उनले यो छलफल उपलब्धीमुलक हुने अपेक्षा गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।