logo

 बजारमा कृतिम अभाव सिर्जना गर्दै कालोबजारी गर्ने खेतान परे विभागको फन्दामा ,७० हजार केजी चिनी भण्डारण गर्ने कुलेश्वरको गृहेश्वरी ट्रेडलिंक गोदाममा सिल

    638   पटक पढिएको

८ असोज/अर्थ र व्यापार – आफुसित भएको ठुलो परिणामको चिनी लुकाएर कृतिम अभाव सिर्जना गर्दै बढी मुल्यमा बेचेर कालोबजारी गर्दै आएको काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाममा वाणिज्य विभागले सिल गरेको छ ।
सोमबार काठमाडौको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा ७० हजार केजी चिनी लकाएर कृतिम अभाव सिर्जना गरि बढि मुल्य लिएर कालोबजारी गरेको आरोपमा विभागले सो गोदाममा सिलबन्दी गरेको हो । हाल बजारमा चिनी नपाएको अवस्थामा सो गोदाममा भण्डारण गरेर राखिएको यतिधेरै ठुलो परिणामको चिनीमा लेबल अस्पष्ट भएको पाईएकाले गोदाम सिल गरिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले विभागका अनुगमन टोलीले चिनीको गोदाम सिल गरि त्यहाँ भेटेएिको चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको बताएका हुन ।
कुलेश्वरको गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको र त्यहाँ करिब ७० हजार केजी चिनी लुकाएर भण्डारण गरेको भेटिएको जानकारी गराउँदै पोखरेलले भने, ‘अहिले यतिधेरै परिणाममा फेला परेको चिनीको गोदाम सिल गरेर यस चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’
यस्तो कार्यमा संलग्न व्यवसायी सन्तोष खेतानको सो गोदामले विभिन्न उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुगमन गर्दा यतिधेरै परिणामको चिनी लुकाएर राखेको फेला परेको विभागले जनाएको छ ।
विभागका अनुगमन अधिकृत र नेपाल खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ प्रतिकेजी होलसेलमा चिनी बिक्री गरेर सो गोदामा सञ्चालक खेतानले जम्मा प्रतिकेजी १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए ।
दुई साता अघिसम्म ११० रूपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको चिनीको मुल्य बढाएर हाल एकाएक प्रतिकेजी १४० रूपैयाँसम्म पु¥याइएको छ ।
काठमाडौं उपत्यकामा चिनी बिक्रीमा सबैभन्दा ठुलो व्यापारि मानिएका खेतानको यस गोदामले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी उठाएर कृतिम अभाव सिर्जना गरि लुकाएर चाडपर्वको मुखैमा यतिधेरै महँगो भाउमा बिक्री गर्ने गरेको पाइएको अनुगमनमा खटिएका सरकारी अधिकारीहरुले बताएका छन ।
बजार अनुगमन टोलीले खेतानकै सोही गोदामबाट चिनीसँगै ठूलो परिमाणमा भण्डारण गरि लुकाएको दाल पनि बरामद गरेको छ । यसरी लुकाएर राखिएको दालबारे पनि विभागले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।