logo

 बजारमा कृतिम अभाव सिर्जना गर्दै कालोबजारी गर्ने खेतान परे विभागको फन्दामा ,७० हजार केजी चिनी भण्डारण गर्ने कुलेश्वरको गृहेश्वरी ट्रेडलिंक गोदाममा सिल

    887   पटक पढिएको

८ असोज/अर्थ र व्यापार – आफुसित भएको ठुलो परिणामको चिनी लुकाएर कृतिम अभाव सिर्जना गर्दै बढी मुल्यमा बेचेर कालोबजारी गर्दै आएको काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाममा वाणिज्य विभागले सिल गरेको छ ।
सोमबार काठमाडौको कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाममा ७० हजार केजी चिनी लकाएर कृतिम अभाव सिर्जना गरि बढि मुल्य लिएर कालोबजारी गरेको आरोपमा विभागले सो गोदाममा सिलबन्दी गरेको हो । हाल बजारमा चिनी नपाएको अवस्थामा सो गोदाममा भण्डारण गरेर राखिएको यतिधेरै ठुलो परिणामको चिनीमा लेबल अस्पष्ट भएको पाईएकाले गोदाम सिल गरिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले विभागका अनुगमन टोलीले चिनीको गोदाम सिल गरि त्यहाँ भेटेएिको चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको बताएका हुन ।
कुलेश्वरको गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको र त्यहाँ करिब ७० हजार केजी चिनी लुकाएर भण्डारण गरेको भेटिएको जानकारी गराउँदै पोखरेलले भने, ‘अहिले यतिधेरै परिणाममा फेला परेको चिनीको गोदाम सिल गरेर यस चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’
यस्तो कार्यमा संलग्न व्यवसायी सन्तोष खेतानको सो गोदामले विभिन्न उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा अनुगमन गर्दा यतिधेरै परिणामको चिनी लुकाएर राखेको फेला परेको विभागले जनाएको छ ।
विभागका अनुगमन अधिकृत र नेपाल खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ प्रतिकेजी होलसेलमा चिनी बिक्री गरेर सो गोदामा सञ्चालक खेतानले जम्मा प्रतिकेजी १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए ।
दुई साता अघिसम्म ११० रूपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको चिनीको मुल्य बढाएर हाल एकाएक प्रतिकेजी १४० रूपैयाँसम्म पु¥याइएको छ ।
काठमाडौं उपत्यकामा चिनी बिक्रीमा सबैभन्दा ठुलो व्यापारि मानिएका खेतानको यस गोदामले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी उठाएर कृतिम अभाव सिर्जना गरि लुकाएर चाडपर्वको मुखैमा यतिधेरै महँगो भाउमा बिक्री गर्ने गरेको पाइएको अनुगमनमा खटिएका सरकारी अधिकारीहरुले बताएका छन ।
बजार अनुगमन टोलीले खेतानकै सोही गोदामबाट चिनीसँगै ठूलो परिमाणमा भण्डारण गरि लुकाएको दाल पनि बरामद गरेको छ । यसरी लुकाएर राखिएको दालबारे पनि विभागले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।