logo

दुई महिनामै मुलुकको वैदेशिक व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड नाग्यो , आयात र निर्यात दुवै घट्यो

    884   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामै मुलुकले २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बरावरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । चालु आवको सुरुवाती दुई महिना साउन र भदौ मसान्तसम्मको अवधीमा कुल दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको बस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको गत भदौ मसान्तसम्मको विवरणअनुसार वितेका दुई महिनाको अवधीमा मुलुकले कुल २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको हो ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा बस्तुको आयात ५ दशमलव ६ प्रतिशत र निर्यात ७ दशमलव ७९ प्रतिशतले घटेको छ ।
सो अवधिमा समग्र वैदेशिक व्यापारमा ५ दशमलव ३२ प्रतिशतको गिरावट देखिएको छ । गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र १ खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको बस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस अवधीमा नेपालले भारतसँग मात्र १ खर्ब ४४ अर्ब रुपैयाँ बरावरको व्यापार घाटा व्यहोरको छ । त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख बराबरको मात्रै निर्यात भएको छ । गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो ।

नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड बराबरको निर्यात गरेको देखिन्छ । सोही अवधीमा अमेरिकासँगको व्यापार नाफा १ अर्ब १४ करोड रुपैयाँ बराबर रहेको देखिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।