logo

डलरको भाउ अकासिएर नयाँ रेकर्डमा, १ अमेरिकी डलरको बिक्री मुल्य १३३.५४ रुपैयाँ

आयातित वस्तुको मुल्य अझै महँगो हुने

    693   पटक पढिएको



२ असोज/अर्थ र व्यापार – निरन्तर बढेको अमेरिकी डलरको भाउ मंगलबार थप बढेर एक नयाँ रेकर्ड बनाउँदै एक अमेरिकी डलरको बिक्री मुल्य १३३.५४ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारकालागि निर्धारण गरेको विनिमय दर अनुसार मंगलबार एक अमेरिकी डलरको बिक्री दर १३३.५४ रुपैयाँ कायम भएको छ । यसअघि गत २२ भदौमा एक अमेरिकी डलरको मुल्य १३३.४४ रुपैयाँ थियो ।


यसैगरी, एक अमेरिकी डलरको खरिद दर १३२.९४ रुपैयाँ पुगेको छ । यसअघि गत २२ भदौमा एक अमेरिकी डलरको मूल्य १३२.८४ रुपैयाँ पुगेको थियो ।
भारतीय मुद्रा कमजोर हुँदा अमेरिकी डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो । नेपाली रुपैयाँ र भारतीय मुद्राबीचस्थिर विनिमय दर कायम छ ।
नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ । सोही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ । हाल एक डलर बराबर ८३.१३ भारतीय रुपैयाँ तय भएको छ।
पछिल्लो समय भारतमा आयात फराकिलो हुँदै गएको छ । मूल्यवृद्धि दर बढ्ने प्रक्षेपण रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले गरेको छ ।
यसरी निरन्तर भाउ बढेर डलरले नयाँ रेकर्ड बनाएपछि अब नेपाली उपभोगका लागि आयात हुने हरेक सामानको भाउ समेत बढ्ने छ । आयात बढ्दा विदेशी मुद्राको भण्डारणमा कमी आउँछ । जसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको सम्बन्धीत विज्ञहरुले बताएका छन्।
यसैसन्दर्भमा कतिपय विदेशी लगानीकर्ताले आफ्नो पैसा झिकेर फिर्ता लैजान थालेको पनि समाचार सार्वजनिक भइरहेको उनीहरुको भनाई छ ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा भने वृद्धि हुन्छ । नेपाल राष्ट्र बैंकको जेठसम्मको तथ्यांक अनुसार नेपालमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । तर, वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो पर्ने छ । वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ ।यसरी डलरको भाउ अकासिएपछि नेपाली हस्तकला लगायत नेपाली निर्यातजन्य समानका निकासीकर्ताको आम्दानी समेत बढ्छ ।
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ । गत जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको आयात भएको छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। अहिले पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउन सुरु गरिसकेको छ।
डलरको मूल्यवृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा धेरै नोक्सान छ । हरेक बस्तु आयातमा निर्भर मुलुकको अर्थतन्त्र भएका कारण यसरी अकासिएको डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ।
भारत तथा तेस्रो मुलुकबाट आउने गाडी, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ । डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्ने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।