logo

एकाएक अकासियो चिनिको भाउ, मुल्य नियन्त्रण गर्न सरकारले १५ प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी ल्याउने

    83   पटक पढिएको

२७ भदौ/अर्थ र व्यापार – विगत केही दिनदेखि काठमाडौ उपत्यका लगायत नेपाली बजारमा चिनीको भाउ बढेर एकाएक अस्वभाविक रुपमा अकासिएको छ ।
मुल्य बढ्ना समेत अहिले काठमाडौको बजारमा चिनी पाउनै मुस्कील हुन थालेको खुद्रा व्यापारिहरुले बताएका छन । तिज लगायत चाडपर्व नजिकिएसँगै रातारात ठुला थोक व्यवसायीले चिनीको कृतिम अभाव सृर्जना गरि बजार भाउ अस्वभाविक रुपमा बढाएर उपभोत्ताको ढाड सेक्ने काम गरेको खुद्रा व्यापारिहरुको भनाई छ । उनीहरुले अकस्मात बढेको चिनिको भाउ नियन्त्रणमा सरकार चुकेको दावी गरेका छन ।
कालाबजारियाले कृतिम अभाव गरि यसरी अत्यधिक बढेको चिनिको भाउ नियन्त्रणकालागि सरकारले चिज लगायत मुख्य चाडपर्वलाई लक्षित गर्दै भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०÷१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए ।
‘चिनीमा ३० प्रतिशत भन्सार महसुल लाग्छ । मन्त्रालयले २० हजार टन चिनी आयात गर्न दुई कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिने निर्णय गरेको छ,’ शर्माले भने, ‘अब १५ प्रतिशत भन्सार महसुल छुटमा चिनी ल्याउन पाउने छन् ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो । तर, नेपाली बजारमा चिनी रहेको र बजार मूल्यमा हस्तक्षेपका लागि सो परिमाणमा चिनीको भन्सारमा सहुलियत दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाली बजारमा अहिले चिनीको थोक मूल्य प्रति केजी १०५ रुपैयाँ छ । तर, बजारमा खुद्रा पसलहरुमा न्युनतम प्रतिकेजी ११५ रुपैयाँ देखि १२५ रुपैयाँसम्ममा चिनी बिक्री भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।