logo

विमानस्थल भन्सारका कर्मचारी आन्दोलित, कार्गो जाँचपास शाखामार्फत हुने सबै काम ठप्प

    1139   पटक पढिएको


२४ भदौ/अर्थ र व्यापार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले ६१ केजी सुन तस्करी प्रकरणमा मुछिएकाहरुमाथी गरिएको अनुसन्धानको बहानामा आफुहरुलाई अनावस्यक दुःख दिएको भन्दै प्रहरीको अनुसन्धानप्रति विरोध गर्दै सोमबार भन्सारको कार्गो जाँचपासको काम नै रोकेका छन्।
उनीहरुले सुन तस्करी प्रकरणमा कार्यालयका ७ जना कर्मचारी पक्राउ गरिएको विरोधमा कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण काम सोमबारदेखि बन्द गरेका हुन्।
आन्दोलनरत विमानस्थलका भन्सारका कर्मचारीहरु काम रोकेर कार्यालय परिसरमा जम्मा भएका थिए।
विमानस्थल भन्सार प्रशासक टोकराज पाण्डेले आग्रह गरेपनि कर्मचारीले काम गर्न अस्वीकार गरेका छन्। काम रोकेपछि भन्सार प्रशासक पाण्डे आन्दोलित कर्मचारीमाझ पुगेका थिए । उनीहरुले प्रहरीले अनुसन्धानका नाममा मानसिक तनाव दिएकाले बाध्य भएर आफुहरु भन्सार जाँचपासको काम बन्द गर्नुपरेको बताएका छन्।
कर्मचारीले काम नगरेपछि कार्गो शाखा पुगेका सेवाग्राही निराश भएर फर्किएका थिए । माग सुनुवाइ नभए कार्गो जाँचपास शाखामार्फत हुने काम मंगलबार पनि ठप्प पार्ने कर्मचारीहरुको चेतावनी दिएका छन ।
उनीहरुले माग सम्बोधनका लागि २७ भदौसम्मको समय दिएका छन्। त्यो समयभित्र पनि मागको सुनुवाइ नभए विरोधका थप कार्यक्रम ल्याउने चेतावनी उनीहरुको छ।
सुन तस्करी प्रकरणमा पक्राउ गरिएका भन्सार कर्मचारीलाई तत्काल रिहा गर्नुपर्ने र अनुसन्धानको नाममा धरपकड गर्ने कार्य बन्द गर्नुपर्ने उनीहरुको मुख्य माग छ।
सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका ७ कर्मचारी प्रहरी हिरासतमा छन्। प्रहरीले शंकास्पद भूमिका देखिएकाहरुमाथि निगरानी बढाएपछि कर्मचारीहरु पदीय मर्यादा र जिम्मेवारी भूलेर सबै काम नै ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। यसअघि भन्सारका आन्दोलनरत कर्मचारीहरुले आइतबार तीन घण्टा पेन डाउन गरेका थिए।
सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धानका क्रममा सोधपुछ अत्तालिएका कर्मचारीले दुई साताअघि भन्सार विभागका महानिर्देशकलाई पत्र लेखेर सरुवा गर्न माग गरेका थिए । १३७ कर्मचारीले काम गर्ने वातावरण नभएको भन्दै गत १२ भदौमा एकसाथ सरुवा मागेको पत्रमा कुनै निर्णय भएको छैन।
अतिरिक्त कमाइका लागि भन्सारमा सरुवा हुन शक्तिकेन्द्रको पहुँच प्रयोग गर्ने कर्मचारीले अनुसन्धानमा सहयोग गर्नुको साटो जोगिनका लागि हड्तालको बाटो रोज्नुलाई निजामती प्रशासनकै हुर्मत लिएको रुपमा लिइएको सम्बन्धीत सरोकारवालाहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।