logo

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निर्माण व्यवसायीलाई राहत

अडिट रिपोर्टमा लचिलो, सीमा नघट्ने

    1339   पटक पढिएको



११ भदौ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई चालु पुँजी कर्जा सम्बन्धी नवीकरण गर्न सहज हुने गरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ ।
ऋणीले पेस गरेका अनुमानित वित्तीय विवरण यथार्थपरक रहे÷नहरेको सम्बन्धमा विस्तृत विश्लेषण गरेर मात्रै चालु पुँजी कर्जा सीमा स्वीकृत गर्नु पर्ने अहिलेको व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले सरकारी, अर्धसरकारी तथा वहुराष्ट्रिय संस्थाहरुमा काम गरिरहेका निर्माण व्यवसायीको कर्जा नवीकरण गर्न लचिलो व्यवस्था बनाएको छ ।

राष्ट्र बैंकले मार्गदर्शनमा संशोधन गर्दै सरकारी, अर्धसरकारी तथा वहुराष्ट्रिय संस्थाहरुमा काम गरिरहेका निर्माण व्यवसायीलाई प्रवाह भएको कर्जाको हकमा परियोजना अवधिभर कर्जा नवीकरण तथा पुनरावलोकन गर्दा भेरियन्स एनालिसिस गरि कर्जा सीमा घटाउन अनिवार्य नहुने व्यवस्था गरेको हो ।
लेखा परीक्षण गरेको वित्तीय विवरण र कर्जा लिँदा पेस गरेको अनुमानित वित्तीय विवरणबीचको फरक गणना गर्नुलाई भेरियन्स भनिन्छ । भेरियन्स गणना नगरि कर्जा नवीकरण पुनरावलोकन केही गर्न नपाइने व्यवस्था थियो । निर्माण व्यवसायीका हकमा सहजीकरण गरिए पनि अन्य व्यवसायीलाई भने पुरानै व्यवस्था कायम छ ।
राष्ट्र बैंकको संशोधनले बहुवर्षिय परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीलाई कुनै एक वर्ष कम काम गरेकै कारण कर्जा नवीकरण गर्दा सीमा घटाउनु पर्ने समस्या समाधान हुने छ ।
राष्ट्र बैंकले निर्माण व्यवसायीको कर्जा नवीकरण गर्दा कारोबार हेर्न अनिवार्य नभएको व्यवस्था गरे पनि बैंक तथा वित्तीय संस्थाले ऋणीको चालु पुँजी कर्जा बक्यौता आफ्नो चालु पूँजी कर्जा नीति बमोजिमको नेट ट्रेडिङ एसेट्स (एनटीइ) को निश्चित प्रतिशतभन्दा बढी नहुने गरी यकीन गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै, राष्ट्र बैंकले ऋणीले विभिन्न कारणले कुनै वर्षको बास्तबिक वित्तीय विवरण पेस गर्न नसकेमा पनि कर्जा नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । यसैगरी, मार्गदर्शनमा गरिएको संशोधनले यथार्थ वित्तीय विवरण पेस गर्न ऋणीले मनासिब माफिकको कारणसहित समय माग गरेमा बुँदा नं. १०.१६ को व्यवस्थाको अधीनमा रही कर्जा नवीकरण÷पुनरावलोकन गर्न बाधा हुने छैन ।
ग्राहकको चालु पुँजी कर्जा सीमा निर्धारण गर्दा पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न हुन बाँकी भएको स्पष्ट कारणसहित ग्राहकले त्यस्तो वित्तीय विवरण पेस गर्न नसक्ने निवेदन दिएमा त्यस्तो वित्तीय विवरण पेस गर्न मनासिब माफिकको समय दिन सकिने व्यवस्था १०.१६ मा छ ।

यो संसोधनले अब निर्माण व्यवसायीले लेखापरीक्षण भएको वित्तीय विवरण प्राप्त हुनासाथ भेरियन्स गणना गरी आवश्यकता अनुसार सीमा समायोजन गर्नुपर्ने छ ।
हाल मार्गदर्शनमा ऋणीको चालु पुँजी कर्जा नवीकरण तथा चालु पुँजी प्रयोजनको आवधिक कर्जा पुनरावलोकन गर्दा उपबुँदा ७.४ अनुसार गरिएको भेरियन्स एनालिसिसलाई आधार लिई कर्जा सीमा समायोजन गरेर मात्र कर्जा नवीकरण तथा पुनरावलोकन गर्नु पर्ने उल्लेख थियो ।

चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको बुँदा न. १०.१६ मा ऋणीले लेखा परीक्षण हुन नसकेको स्पष्ट कारण पेस गरेमा भेरियन्स गणना नगरी कर्जा नविकरण गर्नुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।