logo

८ प्रतिशतले घट्यो निर्यात, १ खर्ब २९ अर्बको आयात हुँदा १३ अर्बको मात्र निकासी

    866   पटक पढिएको


६ भदौ/अर्थ र व्यापार – साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निकासी भएकोमा गएको साउनमा १३ अर्ब ५२ करोड ८६ लाखको मात्र वस्तु निकासी भएको भन्सार विभागले जनाएको छ ।
साउनमा आयात पनि १.५६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोडको वस्तु आयात भएकोमा गएको साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको हो ।
वैदेशिक व्यापार समग्रमा २.२८ प्रतिशतले घटेको छ । गत साउनमा १ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउनमा १ खर्ब ४२ अर्ब ७६ करोडको निकासी भएको छ ।
व्यापार घाटा गत वर्षको भन्दा ०.६६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा १ खर्ब १६ अर्ब ४७ करोडको व्यापार घाटा भएकोमा यो वर्ष १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँबराबरको व्यापार घाटा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।