logo

सरकारले बजेट नदिएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवा आन्दोलित

    1037   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – सरकारले बजेट नदिएको भन्दै पशुपक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवाहरु आन्दोलित भएका छन । सरकारले पशुपक्षीसँग सम्बन्धित निकायहरुमा बजेट शून्यमा पु¥याएको भन्दै सम्बन्धित सरोकारवालाहरुले आइतबार काठमाडौमा पत्रकार सम्मेलन मार्फत आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ कोलागि सार्वजनिक गरेको बजेट मार्फत पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, राष्ट्रिय दुग्ध विकास बोर्ड लगायतका कार्यालयको बजेट शून्य अवस्थामा रहेको भन्दै उनीहरुले आफुहरु आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा.रामकृष्ण खतिवडाले लम्पी स्किन, बर्डफ्लु फैलिएको अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै नदिएको बताए ।
(आज) सोमबार र मंगलबार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जानकारी गराउँदै उनले सरकारले यो विषम समयमा पशुपक्षी क्षेत्रको आयात निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुनः संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाको राय सुझाव नलिई सुनियोजित ढंगबाट निर्णय गरेको बताए ।
यसैगरी, उनले किसानहरुको खर्बौको क्षति हुँदा पनि पशुपक्षीको रोग नियन्त्रण र उपचारमा सक्रिय रुपमा परिचालित हुनुपर्ने निकायहरुमा शून्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्थाको सृजना भएको बताए ।
उनले पशुपक्षी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरि पनि नेपाललाई दूध माछा, मासु र अण्डाको डम्पिङ साइड बनाइ नेपालका पशुपंक्षी उद्योगहरु धरासायी बनाउने र देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए ।
उनले सोमार र मंगलबार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको बताए । नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ (नेल्टा) का केन्द्रीय अध्यक्ष जनक रावलले बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको बताए ।
उनले नेपालको पशुपक्षी क्षेत्रको विकासमा सरकार संवेदनशील नबनेको बताए । रावलले किसानहरु लम्पी स्किन रोगका कारण मारमा पर्दा समेत सरकार मूकदर्शक बनिरहेको बताए ।
‘चालु आवकालागि बजेट सार्वजनिक को दिन गत १५ जेठ नेपाली पशुपालहरुकका लागि कालोदिन सावित भएको छ । यस्तो बजेटका कारण पशु सेवा क्षेत्रका करिव ३० वटा कार्यालयहरु शून्य बजेटमा झरेको अवस्था छ । हाल देसभर फैलिएको पशुमा देखिएको लम्पी स्किन रोग महामारिका कारण देश आक्रान्त छ । किसानहरु मारमा छन् । सरकार मूकदर्शक भएर बसिरहेको छ’ उनले भने ।
सरकारले खारेजी तथा पुनःसंरचनाको नाममा शून्य बजेट भएका सम्पूर्ण पशुपक्षी निकायहरुमा विद्यमान संरचना अनुसार यो लम्पी स्किन रोग नियन्त्रण तथा संक्रमित पशुको उपचारकालागि पनि चालु आर्थिक वर्षकालागि आवस्यक बजेट तत्काल व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।