logo

इन्धनको भाउ बढेसँगै सार्वजनिक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढ्यो

    599   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएसँगै सार्वजनिक सवारी साधनको भाडादर ७ प्रतिशतसम्मले बढेको छ ।
मंगलबार राती १२ बजेदेखि नै लागुहुनेगरि निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटर ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको थियो ।
समायोजन गरिएको नयाँ मुल्य अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ ५ पैसा कायम भएको छ ।

निगमले इन्धनको भाउ बढाएपछि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढेको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडादर समायोजन गरेको हो ।
विभागले अन्तर प्रदेशमा संचालन हुने यात्रुवाहक सवारीको भाडादर ४.७० प्रतिशत बढाएको छ । यसैगरी, विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.१५ प्रतिशत भाडादर बढाएको छ ।

यसैगरी, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.८३ प्रतिशतसम्म भाडा दर बढाइएको विभागले जनाएको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार विभागले भाडादर बढाएको हो । यो बढाइएको भाडादर अन्तर प्रदेश रुटमा मात्र लागु हुनेछ। प्रदेशहरुको हकमा भने प्रदेश सरकार आफृले भाडादर तोक्न पाउने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।