logo

बजारमा पैसा पर्याप्त भएपनि देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाइनु गतल:अर्थमन्त्री

    887   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – अर्थमन्त्री डा.प्रकाश शरण महतले बजारमा पैसा पर्याप्त भएपनि सबै मिलेर देसको अर्थतन्त्र खत्तम भयो भन्ने भाष्य बनाउँदा अहिले मानिसले खर्च गर्न र ऋण लिन डराइरहेको बताएका छन् ।
आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले बजारमा पैसा पर्याप्त भए पनि अर्थतन्त्र खत्तम भयो भन्ने भाष्यको प्रचार हुँदा मानिसले खर्च गर्न र ऋण लिन डराएको बताए ।

अर्थतन्त्रको रफ्तार सुस्त भएकाले यसलाई तीव्र बनाउन सबैले सकारात्मक सञ्चार गर्नुपर्ने भन्दै उनले यसमा निजी क्षेत्रले भूमिका खेल्न सक्ने बताए । निजी क्षेत्रले सम्पूर्ण रूपमा खराब छ भन्न नहुने धारणा राख्दै मन्त्री महतले भने, ‘अहिले अर्थतन्त्र सकारात्मक गतिमा छ, ब्याज घटिरहेको छ ।’
‘सकारात्मक गतिमा गइरहेको अर्थतन्त्रलाई सधैं नकारात्मक भन्नु हुँदैन, हामी सकारात्मक दिशामा जानुछ, जानुपर्छ । यसो गर्न सक्दा मुलुक राम्रो गतिमा जान सक्छ’उनले भने ।

अर्थमन्त्री महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्व बलियो बनाउने नीतिमा सरकार अघि बढेको समेत बताए । उनले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउने कार्यक्रम ल्याएको समेत दाबी गरे ।
आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै उनले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे । ‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ । यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ तर, निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैं आयातमात्र गर्नुपर्छ भन्ने कुरा हो ?’ भन्ने उनको प्रश्न थियो ।

उनले चालु आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास छ । गतवर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने बताए । ‘कर तिर्नेको सङ्ख्या थोरै छ, कर तिर्नुपर्नेको संख्या धेरै छ । उनीरूलाई करको दायरामा ल्याउनुपर्छ ’ उनले भने । यसैगरी, उनले आन्तरिक राजस्व विभागका अधिकारीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न गम्भीर ध्यान दिन सुझाव दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।