logo

भन्सार छली र अवैधानिक काम नहोस भन्नेमा सतर्क रहन भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

    589   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार – अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार छली र अवैधानिक काम नहोस भन्नेमा सतर्क रहन भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन ।
भन्सार विभागले आइतबार आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो निर्देशन दिएका हुन् ।
उनले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिए । ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला’ महतले भने ।
उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै उनले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए ।
यसैगरि, उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए । साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै महतले भने, ‘तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सतर्कताका साथ काम गर्नुहोला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।