logo

निर्माण व्यवसायीको आन्दोलनमा भारतीय व्यवसायीको समर्थन, आज सडक र सिंचाइ विभागमा तालाबन्दी

    674   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार – पहिलो र दोस्रो चरणको आन्दोलनबाट पनि आफ्ना माग पुरा नभएको भन्दै तेस्रो चरणको निर्णायक आन्दोलनमा होमिएका नेपाली निर्माण व्यवसायीलाई भारतीय निर्माण व्यवसायीहरुले पनि पूर्ण रुपमा समर्थन गरेका छन्।
शनिबार बिल्डर्स एसोसिएसन अफ इन्डिया (बीएआई) ले नेपाल निर्माण व्यवसायी महासंघ लाई पत्रचार गर्दै नेपाली निर्माण व्यवसायीको आन्दोलनमा आफूहरुको पूर्ण सहयोग रहेको बताएको हो।
बीएआईले सो पत्रमा नेपाल सरकारले निर्माण व्यवसायीको भुक्तानी रकम र सिमेन्ट, स्टिल र बिटुमिनको मूल्यवृद्धिको मूल्य समायोजन लगायत अन्य समस्या समाधानको मागसहित गरिएको आन्दोलनमा बलियो सहयोग रहेको जनाएको छ।

यसको भारतमा २२० वटा शाखाहरु छन् भने १ लाख ५० हजार आयोजनाहरुमा काम गर्ने निर्माण व्यवसायीहरु यसमा सदस्य छन्। बीएआईले नेपाली निर्माण व्यवसायीहरुले भोग्नु परेको समस्याको समाधानका लागि सरकारलाई दबाब दिन र निर्माणको क्षेत्रमा देखिएका सबै ठाउँहरुको सुधारमा चासो राखेको बताएको छ।

निर्माण व्यवसायीहरु काम सम्पन्न भएका आयोजनाहरुको भुक्तानी लगायत अन्य ९ वटा मागहरु राखेर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन्।
उनीहरुले पहिलो र दोस्रो चरणको आन्दोलनमा डोजरहरु सडकमा तेर्सायाएर प्रधानमन्त्री निवास र संसद् भवन अगाडि धर्ना दिएका थिए।
तर, यसरी आन्दोलन गर्दा पनि सरकारले वास्ता नगरेपछि उनीहरु आज (आइतबारबाट सडक विभाग र सिंचाइ विभागमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन्।
व्यवसायीको यस आन्दोलनमा अहिलेसम्म स्वदेशी सबै निजी क्षेत्रका प्रतिनिधीमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग गरिसंघ, लगायत विभिन्न संघ संस्थाहरुले समर्थन गरी आफ्नो एक्यबद्धता जनाएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।