logo

तातोपानी नाका पूरै सञ्चालन गर्न महासंघको आग्रह

    596   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार – खासाको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालनका लागि चीन सरकारमार्फत नै पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ राजदूत छन सोङसमक्ष आग्रह गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत सोङसँग भएको औपचारिक भेटवार्तामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो आग्रह गरेका हुन । सो भेटवार्तामा महासंघका अध्यक्ष ढकालले चिनियाँ लगानी र पर्यटनको राम्रो गन्तव्य नेपाल बन्न सक्ने बताए ।
उनले नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधार लगायत क्षेत्रमा विदेशी लगानीको सम्भावना रहेकोतर्फ राजदूत सोङको ध्यानाकर्षण गराए ।

पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेको ढकालको भनाइ छ ।
महासंघले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि सहयोग गर्न पनि दूतावाससमक्ष ढकालले आग्रह गरे । भेटका क्रममा राजदूत सोङले लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायत क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए ।
चीनमा पनि सुरुमा विदेशी लगानीसँग नीति निर्माता सशंकित भए पनि पछि वातावरण सुध्रिँदै गएको भन्दै उनले तातोपानी नाका खोल्नेबारे छलफल भइरहेको पनि बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।