logo

पुँजी नबढाई कर्जा विस्तारको लक्ष्य पूरा हुँदैन: बैंकर्स संघ

    913   पटक पढिएको


९ साउन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति मार्फत लिएको कर्जा विस्तार लक्ष्य पूरा गर्न बैंकहरू असमर्थ हुने बैंकरहरूले संकेत गरेका छन्।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेपाल (एनबिए) ले पत्रकार सम्मेलन गर्दै कर्जा विस्तार लक्ष्य पूरा गर्न चुनौती रहेको बताएको हो।

‘विगतका तथ्यांक हेर्दा कर्जा वृद्धिमा राखिएको लक्ष्य पूरा भएका छैनन्, अहिले ५ सय ६५ अर्बको लक्ष्य राखिएको छ,’ संघका अध्यक्ष एवं एनबिएका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुनिल केसीले भने, ‘यो आफैंमा च्यालेन्जिङ ग्रोथको टार्गेट राखिएको छ। राष्ट्र बैंकले राखेको कर्जा लक्ष्य उत्पादनमूलक क्षेत्रमा विस्तार गर्ने गरी सकुर्लर ल्याउन सक्छ।’

यसअघि १२.५ प्रतिशत कर्जा वृद्धिको लक्ष्य राखिएकोमा ३ प्रतिशतमात्रै लक्ष्य हासिल भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ५ खर्ब ६४ अर्ब अर्थात करिब ११ प्रतिशत कर्जा वृद्धि लक्ष्य राखेको छ । तर, सो लक्ष्य पूरा गर्ने गरी बैंकहरूसँग पर्याप्त पुँजी नभएको उनको भनाइ छ।
‘कतिपय बैंकहरूमा पुँजीको चाप भइरहँदा मौद्रिक नीतिले बोलेको छैन,’ उनले भने, ’कर्जा वृद्धि लक्ष्य पूरा गर्नकै लागि पनि पुँजीमा सहजता आवश्यक छ। राष्ट्र बैंकले सर्कुलर वा अन्य कुनै माध्यममार्फत सम्बोधन गर्छ भन्ने अपेक्षा गरेका छौं।’

राष्ट्र बैंकले सेयर, सवारी र घर कर्जा धितो कर्जामा दिएको सहुलियतले अन्य क्षेत्र चलायमान हुँदा बैंकहरूको समेत व्यवसाय बढ्ने उनको अनुमान छ । साथै, मौद्रिक नीतिको बैंकिङ कसुर ऐन संसोधन गर्ने घोषणाले बैंकरहरूको आत्मविश्वास बढेको उनले बताए । समग्रमा राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको संघको धारणा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।