५ साउन/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति ‘पास’ गर्न आगामी आइतबार बिहानका लागि सञ्चालक समिति (बोर्ड) बैठक आह्वान गरेको छ।
राष्ट्र बैंकले आइतबार दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसैका लागि बोर्ड बैठक डाकिएको राष्ट्र बैंकका एक अधिकारीले बताए।
मौद्रिक नीतिमाथि निर्णय गर्न शुक्रबार गभर्नर महाप्रसाद अधिकारीसँग राष्ट्र बैंक अनुसन्धान विभाग बैंक तथा वित्तीय संस्था नियमन लगायत विभागका अधिकारीहरू छलफलमा व्यस्त छन्।
तपाईको प्रतिक्रिया