logo

उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समितिले पूर्णता पायो

    288   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – निजी क्षेत्रको संघिय प्रतिनिधीमुलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति सभापतिमा अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गठित समितले पूर्णता पाएको छ ।  पौडेलको सभापतित्वमा ९ सदस्यीय कर तथा राजस्व समिति समिति गठन गरिएको हो।
पौडेलको नेतृत्वमा गठित सो समितिमा महासंघका व्यवसायीहरु उज्जवल कसजु, उज्जवल श्रेष्ठ, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ उप सभापतिको जिम्मेवारीमा चयन भएका छन्।
यसैगरि, नन्दलाल बैष्य, प्रकाश मानन्धर, चक्रबहादुर अधिकारी र अनन्तकुमार पौडेल सो समितिका सदस्य चयन भएका छन् । यस समितिमा चारजना आमन्त्रित सदस्य छन् भने थप चारजना व्यवसायीलाई सल्लाहकार चयन गरिएको महासंघले जनाएको छ ।
त्यसैगरि, राजकुमार न्यौपाने, नरेश अग्रवाल, अश्विनी बंशल, राजन लम्साल र सुमन गौतम यस समितिको आमन्त्रित सदस्यमा मनोनित गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघले जनाकारी गराए अनुसार सो समितिमा पूर्व अर्थ सचिव शंकर अधिकारी, सुदर्शनराज पाण्डे, सुनिलगोपाल श्रेष्ठ र कृष्णलाल महर्जन लगायत सल्लाहकार रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।