logo

सुन प्रकरणमा जोडेपछि दीपक मल्होत्राको स्पष्टिकरण ‘यसमा मेरो कुनै संलग्नता छैन’

    940   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – व्यवसायी दीपक मल्होत्राले बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन्।
बिहीबार उनीमाथि सुन प्रकरणमा जोडेर प्रश्न उठेपछि पत्रकार सम्मेलन गर्दै आफू, परिवार र आफ्नो व्यवसायी फर्मको कुनै पनि संलग्नता नभएको बताएका हुन् ।
उनले अनुसन्धानको क्रममा आफ्नो संलग्नता देखिए कानुन बमोजिम संजाय भोग्न तयार रहेको दावी गरे । ‘मैले गलत गरेको छैन। त्यसैले डराउन्न। सुनमा मेरो संलग्नता छैन। यस्तो किसिमको धन्दामा म कहिले पनि संलग्न थिइन’ मल्होत्राले भने । उनले आफु यस्तो काममा संलग्न नभएकाले नडराउने बताए ।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको कार्गोबाट जाँच पास भएर बाहिरिएको मोटर पार्टस्भित्र सुन भेटिएको छ । भन्सार विभागले गरेको प्रारम्भिक अनुमान अनुसार बरामत गरिएको सुन एक अर्ब बराबरको भएको देखिएको छ ।
जसमा राजस्व अनुसन्धान विभागले ६ जनलाई पक्राउ गरेको छ । मलहोत्राले आफ्नो नाम जोडेर वास्तविक सुन प्रकरणमा संलग्नलाई जोगाउन घटना डाइभर्सन गरेको बताए ।
‘मेरो नाम ल्याएर वास्तविक अभियुक्तलाई उन्मुक्ति दिन यस्तो भएको जस्तो मलाई लाग्छ,’ मल्होत्राले भने।

उनी आइएमएस ग्रुपका अध्यक्ष समेत हुन्। तर, अहिलेसम्म सुन प्रकरणलाई लिएर आफूलाई कुनै पनि निकायबाट सम्पर्क नभएको बताए । बुधबार बरामद भएको सुनको एीकन परिमाण पत्ता लगाउन नेपाल राष्ट्र बैंकको टक्सार विभागमा लगिएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारि गराए अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो ।

विभागले सुन ल्याइएको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालकलाई पनि नियन्त्रणमा लिएको छ । हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सो सुन आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।