logo

निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला ५ साउनमा, म्याद थप र भुक्तानीका विषयमा छलफल हुने

    616   पटक पढिएको


३१ असार/अर्थ र व्यापार – निर्माण व्यवसायीहरूको राष्ट्रिय भेला आगामी ५ साउनमा हुने भएको छ । काठमाडौमा बसेको नेपाल निर्माण व्यवसायी महासंघको स्थानीय समिति बैठकले आगामी ५ साउनमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
सो भेलाले सरकारले गत २१ असारमा राजपत्रमा प्रकाशित गरेको म्याद थप लगायत निर्माण व्यवसायीहरुले लामो समयदेखि आयोजनाहरुको पाउनुपर्ने भुक्तानीको लागि सम्बन्धित निकायहरुमा दवावमूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छलफल गर्ने महासंघका अध्यक्ष रवि सिंहले जानकारि दिए ।

यस भेलामा प्रदेश र जिल्लाका निर्माण व्यवसायीहरूको उपस्थिती रहने महासंघले जनाएको छ । सरकारले ५० अर्ब रुपैयाँ बढी भुक्तानी नदिएको भन्दै शुक्रबारबाट निर्माण व्यवसायीहरूले काठमाडौं स्थित माइतीघर मण्डलामा धर्ना दिएका छन । सरकारले आफ्ना माग सम्बोधन नगरे आन्दोलनलाई थप प्रभावकारी बनाउने महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।