logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, भूगोलका आधारमा वर्ग विभाजन गर्दा तीनथरी मुल्य

    305   पटक पढिएको

१९ असार/अर्थ र व्यापार – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भूगोलका आधारमा पहिलो, दोस्रो र तेस्रो वर्ग विभाजन गरि न्युनतम प्रतिलिटर ५ रुपैयाँ देखि ७ रुपैयाँ ५० पैसासम्म घटाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी भूगोलका आधारमा तेस्रो वर्गमा राखिएको काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँका दरले मूल्य घटाएको जनाएको छ ।
यसैगरि, निगमले पहिलो वर्गमा राखेको तराईको हकमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको बताएको छ । त्यसैगरि, दोस्रो वर्गमा राखेको सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मुल्य घटाएको निगमले जनाएको छ ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले यसरी मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारि दिए ।
निगमले यसपटक तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको जनाएको छ । यसैगरि, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं‚ पोखरा र दीपायललाई राखिएको निगमले जनाएको छ ।
यसरी घटाईएको नयाँ मुल्यदर अनुसार अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपैयाँ पर्नेछ । यसैगरि, तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५ पैसा पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७ रुपैयाँ ५ पैसा/ १४७ रुपैयाँ ५ पैसा पर्नेछ ।
त्यसैगरि, सुर्खेत र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको जनाएको छ ।
यसैगरि, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।
निगमका अनुसार घटाईएर नयाँ निर्धारण गरिएको यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट गत १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा निगमले सोमबार यस्तो निर्णय गरेको हो ।
यसैगरि, निगमले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको जनाएको छ ।
नेपाल सरकारद्वारा उपलब्ध गराइएको ऋण तथा मूल्य स्थिरीकरण कोष लगायतका अन्य दायित्वहरुको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले यो मूल्य समायोजन गरेको निगमले सोमबार जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी मुल्य घटाएर समायोजन गरेपछि निगमको पाक्षिक नाफा कति कायम हुन्छ भन्ने बारे नखुलाइएको निगमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।