logo

२० वर्ष पुराना गाडी हटाउन दिइएको म्याद आजबाट सकियो, अब के हुन्छ ?

    991   पटक पढिएको


११ असार/अर्थ र व्यापार – २० वर्ष पुराना गाडी पत्रु गर्न सरकारले दिएको म्याद आज (११ असार) बाट सकिएको छ । यसअघि गत ७ जेठमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सूचना जारी गरी ३५ दिनभित्र २० वर्ष पुराना सार्वजनिक सवारीसाधन पत्रु गराई हटाउन निर्देशन दियो।
प्रदेशको सो मन्त्रालयका अनुसार प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १९ (४) बमोजिम विद्युतीय सार्वजनिक गाडीका हकमा ३० वर्ष र अन्य सार्वजनिक गाडीका हकमा २० वर्ष कटेकालाई आजसम्म पत्रु गर्नुपर्नेछ। मन्त्रालयले तोकेको म्याद आइतबार नै सकिएको छ ।

म्याद सकिए पनि तत्काल कारबाहीमा भने नजाने मन्त्रालयका सचिव अस्मान तामाङले जानकारी दिए। ‘हामीले दिएको म्याद त सकियो तर, कारबाहीमा जानुभन्दा पहिले हामी सरोकारवाला निकायसँग एकपटक छलफल गर्छौं। त्यसपछि बल्ल कारबाहीको कुरा अघि बढ्छ,’ सचिव तामाङले भने।
छलफलपछि मात्र कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिइने उनले स्पष्ट पारे।
सवारीसाधन निर्माण मिति हेरेर आयु तोकिन नहुने नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव दिलीपकुमार श्रेष्ठ बताउँछन्। कसैले आफ्नो गाडी निकै कन्डिसनमा राखेको हुनसक्छ । कसैको गाडी १० वर्षमै काम नलाग्ने भएको पनि हुनसक्ने बताउँदै श्रेष्ठले भने, ‘त्यसकारण सवारीसाधनको उमेरका आधारमा आयु तोकिनु हुँदैन। यान्त्रिक परीक्षणपछि गरेर अयोग्य सवारीसाधनमात्र पत्रु गर्नुपर्छ।’
सरकारले तोकेको समय व्यवसायीलाई निकै थोरै भएको सार्वजनिक यातायात व्यवसायीहरुले बताएका छन । उनीहरुले पुराना गाडी विस्थापित गर्ने निर्णय उचित भए पनि तोकेको मिति थोरै भएको बताएका छन ।
‘२० वर्ष कटेका ग्यास ट्याम्पु र निलो माइक्रोलाई सरकारले विद्युतीय ट्याक्सीमा सट्टाभर्ना गर्न दिने कुरा ऐनमै छ। यो कुरा स्वागतयोग्य पनि छ,’ उनीहरुले भने, ‘तर, यो छोटो अवधिमा व्यवसायीलाई नयाँ गाडी किन्न समस्या पर्छ।’
अहिलेको आर्थिक मन्दीलाई मध्यनजर गर्दै सरकारले म्याद थप्नेमा उनीहरु आशावादी रहेका छन्। ‘आर्थिक मन्दी, विक्रेताले सवारीसाधन पु¥याउन नसक्नुलगायत समस्याले व्यवसायीलाई ट्याक्सी सट्टाभर्ना गर्न समस्या परेको छ। प्रदेशको बजेटले २०८० फागुन मसान्तसम्म पुराना गाडीको कर तिर्दा जरिवाना नलिने नीति लिएकाले त्यतिन्जेलसम्म समय पाइन्छ कि भन्ने आशा रहेको उनीहरुले बताएका छन ।

सरकारको यो नीति कार्यान्वयन भए २ हजारभन्दा धेरै सवारीसाधन प्रभावित हुनेछन्। करिब ३ सय ५० ग्यास ट्याम्पु, २ सय ५० माइक्रो र १ हजार ५ सय ट्याक्सीको म्याद गुज्रिसकेको यातायात व्यवसायीको अनुमान छ । यातायात कार्यालयले आजदेखि नै यस्ता गाडी प्रतिबन्ध गरे पहिलो निशानामा ट्याक्सी, निलो माइक्रो र ग्यास ट्याम्पु पर्नेछन्।
निलो माइक्रो र ग्यास ट्याम्पुको २० वर्षे आयु केही वर्षअघि नै सकिएको थियो। हाल यी सवारी बिनाजाँच पास र बिनानवीकरण चलिरहेका छन्। त्यस्तै २००० देखि २००३ मोडेलका करिब १ हजार ५ सय ट्याक्सीको पनि २० वर्षे आयु सकिइसकेको छ।
२० वर्ष पुराना सवारीसाधन एकैपटक विस्थापित गर्न भने त्यति सहज देखिँदैन। सवारीसाधनको तथ्यांक न यातायात व्यवस्था विभागसँग छ, । न मन्त्रालयसँग। ट्रफिक प्रहरीले गाडीको आयुबारे जानकारि पाउन ब्लुबुक नै हेर्नुपर्ने बाध्यता छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ सालको १ चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनमाथि प्रतिबन्ध लगाएको थियो। २०७२ सालको १ चैतमा बसेको मन्त्रिपरिषद बैठकले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजना अन्तर्गत २० वर्ष पुराना सम्पूर्ण सार्वजनिक यातायात दुई वर्षभित्र पत्रु तथा विस्थापन गर्नुपर्ने निर्णय गरेको थियो।
यसैगरि, बागमती प्रदेश सरकारले २०८५ सालभित्र पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यबमोजिम सरकारले २० वर्ष कटेका पुराना ट्याक्सी, निलो माइक्रो र ग्यास ट्याम्पुलाई विद्युतीय ट्याक्सीमा मात्र सट्टाभर्ना गर्ने निर्णय गरेको थियो। अब यो नियार्य कसरी कार्यान्वयन हुँदै छ । सोहीको प्रतिक्षामा सम्बन्धीत सरोकारवालाहरु छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।